फिफा बरियतामा एक स्थान तल खस्कियाे नेपाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
फिफा बरियतामा एक स्थान तल खस्कियाे नेपाल

सारांश

  • काठमाडौँ, ८ कात्तिक ।
  • फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ ।
  • विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ ।

काठमाडौँ, ८ कात्तिक । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ । अघिल्लो महीना नेपाल १६०औँ स्थानमा थियो । दक्षिण एशियाली देशमा भारत सबैभन्दा माथि ९७औँ, माल्दिभ्स १५१, भूटान १८८आँै स्थानमा रहँदा बङ्गलादेश १९४आँै, पाकिस्तान १९९औँ र श्रीलङ्का २०१आँै स्थानमा रहेका छन् ।

विश्व बरियतामा बेल्जियमले शीर्ष स्थानमा अटाएको छ । विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजिल तेस्रो, क्रोएशिया चौँथो र इङ्ल्याण्ड पाँचौँ, छैटौँमा उरुग्वे, सातौँमा पोर्चुगल, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा स्पेन र दशौँमा डेनमार्क रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?