गोर्खा व्वाईज सेमिफाईनलमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ३, २०७६
|
|
१७ पटक हेरिएको
Shares
गोर्खा व्वाईज सेमिफाईनलमा प्रवेश

सारांश

  • गाईघाट ३ असार।
  • छैठौं उदयपुर रमपम गोल्डकप मंगलबारको खेलमा संकटा क्लब काठमाडौंलाई हराउँदै गोर्खा व्वाईज क्लब  सेमिफाईनलमा प्रवेश गरेको छ ।
  • आज भएको निकै प्रतिस्पर्धात्मक खेलमा रुपन्देहीले २- १ ले संकटा क्लव काठमाण्डौँलाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

गाईघाट ३ असार। छैठौं उदयपुर रमपम गोल्डकप मंगलबारको खेलमा संकटा क्लब काठमाडौंलाई हराउँदै गोर्खा व्वाईज क्लब  सेमिफाईनलमा प्रवेश गरेको छ ।

आज भएको निकै प्रतिस्पर्धात्मक खेलमा रुपन्देहीले २- १ ले संकटा क्लव काठमाण्डौँलाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ५१ औँ मिटनमा गोर्खा व्वाईज क्लवका जर्सी नम्बर ७    फोफानाले गोल गर्दै आफ्नो टिमको लागी सुरुवाती गोल गरेका थिए  भने रुपन्देहीले अर्को गोल खेलको ६५ औँ मिनेटमा गरेको थियो । खेलको ८९ औँ मिनटमा संकटा क्लवका जर्सी नम्बर ६ को अमित तामाङ्ले  गोल गर्दै खेल २-१ मा पुराए पनी संकटा लाई हार बाट जोगाउन सकेनन्  ।
खेल को म्यान अफ द म्याच गोर्खा व्वाईज रुपन्देही का जर्सी नम्बर ७ को फोफाना घोषित भए उनले  नगद सात हजार प्राप्त गरेका थिए।

भोलिबाट हुने पहीलो सेमिफाईनल खेल सशस्त्र प्रहरी क्लव काठमाण्डौँ र मोरङ ट्रेनिङ् सेन्टर मोरङ बीच खेल हुनेछ।

एसियन थाइफुड्स  र गैडा छाप उदयपुर सिमेन्टको मुख्य प्रायोजन रहेको उदयपुर गोल्डकपअसार ७ गतेसम्म उदयपुरको सदरमुकाम गाइघाटस्थित थरुहट रंगशालामा संचालन भई रहेको छ भने  प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख पुरस्कार पाउने छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?