नेप्से परिसूचकमा आज दोहोरो अकंको वृद्धि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २६, २०८०
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • साताको पहिलो दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।
  • नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको छ ।

काठमाडौँ । साताको पहिलो दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको छ ।

आजको कारोबारमा विभिन्न दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय ३९ कित्ता शेय रु ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ बराबरको कारोबार भएका छन् ।

सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७५ दशमलव ०१ र होटल तथा पर्यटन समूहको उपसूचक ६५ दशमलव ८४ अङ्कले बढेको छ । बैंकिङ समूह तीन दशमलव ५८, विकास बैंक समूह २८ दशमलव ३९, वित्त समूह सात दशमलव ७६, जलविद्युत् समूह २४ दशमलव ५८ र लगानी समूह शून्य दशमलव ४९ अङ्कले बढेको छ ।

त्यस्तैगरी, उत्पादन तथा प्रशोधन ५८ दशमलव ५९, लघुवित्त १० दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव ०२, निर्जीवन बीमा २० दशमलव ६०, व्यापार दुई दशमलव ३५ र अन्य समूह तीन दशमलव ३७ अङ्कले बढेको छ ।

पिपुल पावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै छ दशमलव ४७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ६८ अङ्कले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै रु ६ करोड ९६ लाख २५ हजार नौ सय १३ बराबरको तीन लाख ६५ हजार पाँच सय एक कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानडाका लागि नेपालका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
क्यानडाका लागि नेपालका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
पार्वती बचाउन अभियान शुरु
पार्वती बचाउन अभियान शुरु
आगामी आवको बजेट : निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक
आगामी आवको बजेट : निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक
रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन, युक्रेनमा चार जना बन्दी
रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन, युक्रेनमा चार जना बन्दी
दीपिकाको खुलासा : रणवीरले धेरै झगडा गरे…
दीपिकाको खुलासा : रणवीरले धेरै झगडा गरे…
सत्ता संयन्त्र कार्यदलको बैठकमा संविधान संशोधन गर्न कार्यदल बनाउने विषयमा छलफल
सत्ता संयन्त्र कार्यदलको बैठकमा संविधान संशोधन गर्न कार्यदल बनाउने विषयमा छलफल
विकास काेषकाे काेटामा पत्नीलाइ चिन उडाउने यी ‘पावरफुल’ सदस्यसचिव
विकास काेषकाे काेटामा पत्नीलाइ चिन उडाउने यी ‘पावरफुल’ सदस्यसचिव
भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र
भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र
प्रदेश ३ र ४ को समानुपातिक मतपरिणाम : कुन दलले कति सिट पाउला ?
प्रदेश ३ र ४ को समानुपातिक मतपरिणाम : कुन दलले कति सिट पाउला ?
बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा
बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा