प्रदेश ३ र ४ को समानुपातिक मतपरिणाम : कुन दलले कति सिट पाउला ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
२० पटक हेरिएको
Shares
प्रदेश ३ र ४ को समानुपातिक मतपरिणाम : कुन दलले कति सिट पाउला ?

सारांश

  • काठमाडौं- प्रदेशसभाअन्तर्गत प्रदेश नम्बर ३ को समानुपातितर्फको मतगणना सकिएको छ।
  • निर्वाचन कार्यालयले उपलब्ध गराएको परिणामअनुसार सबैभन्दा धेरै नेकपा एमालेले ६ लाख ६७ हजार २७६ मत ल्याएको छ।
  • दोस्रोमा नेपाली कांग्रेसले ५ लाख ५१ हजार २८० मत ल्याएको छ।

काठमाडौं- प्रदेशसभाअन्तर्गत प्रदेश नम्बर ३ को समानुपातितर्फको मतगणना सकिएको छ। निर्वाचन कार्यालयले उपलब्ध गराएको परिणामअनुसार सबैभन्दा धेरै नेकपा एमालेले ६ लाख ६७ हजार २७६ मत ल्याएको छ। दोस्रोमा नेपाली कांग्रेसले ५ लाख ५१ हजार २८० मत ल्याएको छ। त्यस्तै तेस्रोमा माओवदी केन्द्रले ३ लाख १५ हजार ३२ मत ल्याएको छ।

३ नम्बर प्रदेशमा विवेकशिल साझा पार्ट चौथो स्थानमा ओगटेको छ। उसले १ लाख १७ हजार ३४५ मत ल्याएको छ। चौथोमा राप्रपाले ५८ हजार २१५ र अन्यले १ लाख ५१ हजार ५३२३ मत ल्याएको छ।

त्यस्तै प्रदेश नम्बर ४ को अन्तिम मतपरिणाम पनि सार्वजनिक भएको छ। उक्त प्रदेशमा पनि नेकपा एमाले पहिलो बनेको छ। एमालेले ३ लाख ७३ हजार ५०१ दोस्रो बनेको नेपाली कांग्रेसले ३ लाख ६४ हजार ७९७ मत ल्याएको छ।

४ प्रदेशमा तेस्रोमा माओवादी केन्द्रले १ लाख १९ हजार ५२८ मत ल्याए छ भने नयाँ शक्तिले २४ हजार ६२५ र १९ हजार ३७६ मत ल्याएको छ। अन्यमा भने ५४ हजार ९९२ मत रहेको छ।

निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेपनि कुन दलले कति वटा सिट पायो भन्ने कुरा एकीन गरेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?