नेयमार विनाको पिएसजीले जित्यो फ्रेन्च ‘लिग वान’को उपाधि
सारांश
- काठमाडौं, ३ वैशाख ।
- फ्रेन्च ‘लिग वान’ फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन ९पिएसजी०ले जितेको छ ।
- आइतबार राति भएको खेलमा साजिक विजेता मनोकालाई ७-१ ले हराँउदै पिएसजीले उपाधि चुमेको हो ।
काठमाडौं, ३ वैशाख । फ्रेन्च ‘लिग वान’ फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन ९पिएसजी०ले जितेको छ । आइतबार राति भएको खेलमा साजिक विजेता मनोकालाई ७-१ ले हराँउदै पिएसजीले उपाधि चुमेको हो ।
पिएसजीको जितमा एन्जल डि मारिया र जियोभानी लो सेल्सोले २-२ गोल गर्दा एडिन्सन काभानी र जुलियन ड्राक्सलरले एक एक गोल गरे ।मोनाकोका फाल्काओले एक आत्माघाति गोल गरेका थिए । साविक विजेता मोनाकोका लागि भने रोनी लोप्सले एक सान्तोना गोल गरे । यो जितसँगै पिएसजीले लिगमा ५ खेल मात्रै बाँकी छँदा अंक तालिकामा दोस्रो स्थानको मोनाकोसँग १७ अंकको अग्रता लिएको छ ।
पिएसजीको यो उपाधि फ्रेन्च लिगका उसको सातौं उपाधि हो । स्टार स्ट्राइकर नेयमार लिग वान अन्तर्गत नै फेब्रुअरीमा भएको मार्सेली विरुद्धको खेलमा घाइते भएर मैदान बाहिर छन् ।
नेयमार विनाको पिएसजी च्याम्पियन्स लिगको प्रि क्वाटर फाइनलबाट बाहिरिए पनि घरेलु लिगमा भने उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो ।
प्रतिक्रिया