लिफ्टबाट पानी पुग्दा खुशीयाली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १०, २०७६
|
|
३९ पटक हेरिएको
Shares
लिफ्टबाट पानी पुग्दा खुशीयाली

सारांश

  • खलङ्गा, १० मङ्सिर (रासस) स् जुम्लाको तिला गाउँपालिका–१ रारा गाउँमा खानेपानी र सिँचाइको चरम समस्या खेप्दै आएका स्थानीयवासी लिफ्ट परियोजनाबाट पानी आउन थालेपछि हर्षित भएका छन् ।
  • वडाध्यक्ष पुरबहादुर रावत गाउँपालिकाको रु ५० लाखको अनुदानमा करीब एक हजार २०० मिटर टाढाबाट लिफ्टद्वारा पानी गाउँमा लगिएको जानकारी दिनुभयो ।
  • परियोजनाबाट सुख्खा खेतमा सिँचाइदेखि गाईगोरुलाई पानी पिलाउन राहत हुने स्थानीयवासी माने रावतले बताउनुभयो ।

खलङ्गा, १० मङ्सिर (रासस) स् जुम्लाको तिला गाउँपालिका–१ रारा गाउँमा खानेपानी र सिँचाइको चरम समस्या खेप्दै आएका स्थानीयवासी लिफ्ट परियोजनाबाट पानी आउन थालेपछि हर्षित भएका छन् ।
वडाध्यक्ष पुरबहादुर रावत गाउँपालिकाको रु ५० लाखको अनुदानमा करीब एक हजार २०० मिटर टाढाबाट लिफ्टद्वारा पानी गाउँमा लगिएको जानकारी दिनुभयो । परियोजनाबाट सुख्खा खेतमा सिँचाइदेखि गाईगोरुलाई पानी पिलाउन राहत हुने स्थानीयवासी माने रावतले बताउनुभयो । सो वडामा करीब २५० घरघुरी छ । स्थानीयवासी सरिता रावतले अब पानीका लागि घन्टौँ लाइन बस्न पर्ने समस्या अन्त्य हुने अपेक्षा व्यक्त गर्नुभयो ।
गाउँपालिका अध्यक्ष रतननाथ योगीले गाउँपालिकाका नौ वटै वडामध्ये सबैभन्दा बढी पानीको चरम समस्या भएको सो वडा भएकाले त्यहाँ प्राथमिकता दिइएको जनाउनुभयो ।
परियोजनाबाट सिँचाइ पनि सहज हुने भएकाले खेतमा लगाएका स्याउ र तरकारीखेती गर्न सजिलो हुने स्थानीयवासी शिव रावतले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद
प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद
अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँः पर्यटनमन्त्री भट्टराई
अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँः पर्यटनमन्त्री भट्टराई
सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन्
सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन्
भारतमा लम्ब्याइएको ‘लकडाउन’मा केही क्षेत्रलाई खुकुलो बनाइँदै
भारतमा लम्ब्याइएको ‘लकडाउन’मा केही क्षेत्रलाई खुकुलो बनाइँदै
विवाह पञ्चमी महोत्सव सम्पन्न हुँदै
विवाह पञ्चमी महोत्सव सम्पन्न हुँदै
मकवानपुरमा दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने
मकवानपुरमा दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने
प्रतिबन्धित नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसदमा पारित ,
प्रतिबन्धित नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसदमा पारित ,
कोभिड उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार
कोभिड उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार
World Cup kicks off in Russia
World Cup kicks off in Russia
नेपालको पहिलो आठ लेन कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा !
नेपालको पहिलो आठ लेन कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा !