नेहा कक्कडको विवाहको मिती तोकियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २८, २०७७
|
|
२६ पटक हेरिएको
Shares
नेहा कक्कडको विवाहको मिती तोकियो

सारांश

  • एजेन्सी, २८ असोज ।
  • बलिउड गायिका नेहा कक्कड अहिले प्रेम जीवनको कारण चर्चामा छिन् ।
  • नेहा कक्कडले अचानक पन्जाबी गायक रोहनप्रीत सिंहसँग आफ्नो प्रेम भएको खुलासा गरेर फ्यानहरुलाई सरप्राइज दिएकी थिइन् ।

एजेन्सी, २८ असोज । बलिउड गायिका नेहा कक्कड अहिले प्रेम जीवनको कारण चर्चामा छिन् । नेहा कक्कडले अचानक पन्जाबी गायक रोहनप्रीत सिंहसँग आफ्नो प्रेम भएको खुलासा गरेर फ्यानहरुलाई सरप्राइज दिएकी थिइन् ।

हाल नेहा कक्कड र रोहनप्रीत सिंहको विवाहको खबरसँगै एक तस्वीर पनि भाइरल भएको छ । तस्वीर र तस्वीरको साथमा लेखिएको क्याप्सनले निकै चर्चा पाएको छ ।

सेल्फी क्वीनको नामले चिनिएकी चर्चित गायिका नेहाले आफ्नो इस्टाग्राम एकाउन्टमा आफु र रोहनप्रीत सिंहको एक तस्वीर सेयर गरेकी थिइन् । यस फोटोमा दुवैजना परम्परागत लुकमा एक अर्कालाई हेरेको देखिन्छ । उनले फोटो सेयर गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘रोहुको साथ ।’ यसको क्याप्सनमा २१ अक्टोबर लेखिएको छ ।

नेहा र रोहनप्रीत सिंहको विवाहको खबरको क्रममा एक नयाँ गीत पनि रिलिज हुँदै छ । अब आउन गीतको पोस्टर नेहाले आफ्नो इस्टाग्राममा राखेकी हुन् । तस्वीरमा स्पष्ट लेखिएको छ, नेहा कक्कडको विवाह रोहनप्रीत सिंह । यसको लिरिक्स र कम्पोजिशन पनि नेहा आफैले गरेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?