नेकपा (क्रान्तिकारी) एमालेमा समाहित, माओवादीको केन्द्रीय सल्लाहकार पनि एमालेमा
सारांश
- काठमाडौँ ।
- नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) पार्टी नै नेकपा (एमाले)मा समाहित भएको छ ।
- प्रमोदनारायण यादवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) एमालेमा समाहित भएको हो ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) पार्टी नै नेकपा (एमाले)मा समाहित भएको छ । प्रमोदनारायण यादवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) एमालेमा समाहित भएको हो ।
एमाले केन्द्रीय कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सो पार्टीका २३ केन्द्रीय सदस्य, ३० राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यसहित सयौँ नेता–कार्यकर्ता नै एमालेमा समाहित भएका हुन् । सो पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले पहिलो चरणको स्थानीय निर्वाचनमा एमाले पहिलो भएको स्मरण गर्दै भन्नुभयो– ‘अब दोस्रो चरणको निर्वाचनमा पनि एमाले नै पहिलो हुन्छ,’ । त्यहाँका जनताले गफ होइन विकास चाहेका छन् । विकास गर्ने पार्टी एमाले हो भन्ने पनि त्यहाँका जनतालाई थाहा छ । त्यसैले मधेसका जनता एमालेलाई पहिलो बनाउन आतुर छन् ।’
ओलीले वाटोका लागि छुट्याएको पैसा वाठाका हातमा जाने पार्टी मधेसका जनताले नचाहेको पनि दाबी पनि गर्नुभयो । मधेसको हकहितमा काम गर्ने हुँ भन्ने दलहरुले मधेसका उद्योग बन्द गराएर युवा विदेश पठाएको पनि आरोप लगाउँदै ओलीले भन्नुभयो– ‘एमाले विकासको वाहक हो । अहिले एमाले प्रतिफल दिने अवस्थामा पुगेकाले तीन वटै तहका निर्वाचनमा एमालेलाई पहिलो बनाउनुको विकल्प छैन ।’
पार्टी प्रवेश गर्ने सबैलाई एमाले अध्यक्ष ओलीसहित वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोख्रेल, सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराईलगायतले टिकालगाएर स्वागत गर्नुभयो ।
एमाले प्रवेश गर्नेको यस्तो छ सूची
प्रमोदनारायण यादव–महासचिव
लक्ष्मीप्रसाद ओली–प्रवक्ता
केन्द्रीय सदस्यहरुः
पुष्प चुडाल, विशाल ओली, प्रदीप श्रेष्ठ, लखिन्दर साह, प्रमोदकुमार यादव, सूर्यदेव यादव, शंखु जैसी, रोशन महतो, रामशेवक साह, रमेश भण्डारी, अर्जुन भट्टराई, नवल साह, इनदल यादव, कुसुमदेवी साफी, जीवन फूँयाल, सूर्यकिरण भण्डारी ।
राष्ट्रिय परिषद् सदस्यः
गोपाल प्रसाद ढकाल, गोमा पौडेल, शंकर पासवान, किशोर क्षेत्री, नरेश शाह, उमेश सदा, राज खान, उपेन्द्र पोख्रेल, बहुरा बनरैत यादव, दुर्गा साह, तिर्थराज रेग्मी, भेषराज आचार्यलगायत छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार रमेश रञ्जन झा पनि एमाले प्रवेश गर्नुभएको छ ।
प्रतिक्रिया