रुकुम पश्चिममा फेरिए खरका छाना

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०८०
|
|
४७ पटक हेरिएको
Shares
रुकुम पश्चिममा फेरिए खरका छाना

सारांश

  • रुकुम पश्चिम ।
  • रुकुम पश्चिममा खरको छाना हटाउने कामले तीव्रता पाएको छ ।
  • जिल्लाभर एक वर्षका अवधिमा दुई हजार भन्दा धेरै घरमा खरका छाना हटाइएको छ ।

रुकुम पश्चिम । रुकुम पश्चिममा खरको छाना हटाउने कामले तीव्रता पाएको छ । जिल्लाभर एक वर्षका अवधिमा दुई हजार भन्दा धेरै घरमा खरका छाना हटाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ नगरपालिका-३ गाउँपालिकामा दुई हजार ४२ घरमा खरको छाना हटाएर जस्तापाता राखिएका होे ।

बितेको आर्थिक २०७९/८० वर्ष सबैभन्दा बढी एक हजार एक सय २० खरका छाना विस्तापित गरेर जस्तापाताले घर निर्माण आठबीसकोट नगरपालिकाले गरेको छ भने सबै भन्दा कम ५२ खरका छाना विस्तातित सानीभेरी गाउँपालिकाले गरेको छ ।

त्यस्तै मुसिकोट नगरपालिकाले एक सय ६१, चौरजहारी नगरपालिकाले दुई सय ३०, त्रिवेणी गाउँपालिकाले दुई सय १४ र बाँफीकोट गाउँपालिकाले दुई सय ६५ खरका छाना विस्थापित गरेको छ । सुरक्षित जनता आवस कार्यक्रमा छनोट भएका घरलाई जस्तापाताले निर्माण गर्न चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाले सम्मान ५० हजारका दरले रकम भुक्तानी गरेका थिए । भने मुसिकोट नगरपालिका छनोटमा परेकाप्रति घरपरिवारलाई ५५ हजारका दरले रकम उपलब्ध बनाएको मुसिकोट नगपालिकाका प्रवक्ता समिरजङ मल्लले जानकारी दिए । उनका अनुसार जनता आवास कार्यक्रममा नगरपालिकाको ८९ लाख बजेट खरचेका छन् । बाँफीकोट गाउँपालिकाले पनि घर ठूलो सानोको आधारमा छनोट भएका दुई सय ६५ घरमध्य ३४ घरधुरीले जस्तापाताको लागि ३१ हजार आठ सय २३ र बाँकी दुई सय ३१ घरधुरीले ५० हजारका दरले रकम भुुक्ताानी गरिएको गाउँपालिका प्राविधिक प्रमुख दलबहादुर ओली जानकारी दिए ।

आठबीसकोट नगरपालिकामा भने एक हजार एक सय २० घरधुरिलाई बोलपत्र प्रक्रियामार्फत हुलास स्टिल उद्योग कम्पनीले रु आठ करोड ५७ लाखमा ठेक्का लिएको थियो । ठेक्कामार्फत जस्तापाता उपलब्ध बनाउँदा सुरक्षित जनता आवास कार्यक्रममा छनोट भएका घरपरिवारलाई राहत भएकोे निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए ।

आव २०७९/८० मा नगरपालिकामा ठूलो सङ्ख्यामा खरका छाना विस्थापित गरेपनि अझै खरका छाना विस्तापित गर्न चार सय ८० घर बाँकी रहेको उनको भनाइ छ । त्यस्तै सानीभेरी गाउँपालिकामा खरको छाना विस्थापित गर्न २६ लाख, त्रिवेणी गाउँपालिकामा एक करोड सात लाख र चौरजहारी नगरपालिकामा एक करोड १५ लाख बजेट खर्च भएको छ । आर्थिक अवस्था कमजोर, खरको छाना भएका र विपन्न परिवारलाई वडाले सिफारिस गरेको आधारमा छनोट गरी पालिकाले जस्तापाता उपलब्ध बनाएका थिए । खरको छाना हटाएर जस्ता पाताले घर निर्माण गर्न नसकिने अवस्थामा स्थानीय सरकारले जस्तापाता खरिदको लागि रकम उपलब्ध बनाउँदा स्थानीयहरु खुसी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभर तीन दिनसम्म तुँवालो रहने
देशभर तीन दिनसम्म तुँवालो रहने
देउवा प्रधानमन्त्री भएको ४९ दिनपछि १९ मन्त्री थपिए
देउवा प्रधानमन्त्री भएको ४९ दिनपछि १९ मन्त्री थपिए
यो पाली तिज मा अविवाहित रितु लाई बुडो नहुदा स्वतन्त्र भयको मा मज्जा (भिडियो सहित )
यो पाली तिज मा अविवाहित रितु लाई बुडो नहुदा स्वतन्त्र भयको मा मज्जा (भिडियो सहित )
यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
ईश्वर पोखरेलको नेत्तृत्वमा ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’
ईश्वर पोखरेलको नेत्तृत्वमा ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’
जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा
जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा
भिड्दै नारायणकाजी र बाबुराम ! कस्ले मार्ला बाजी ?
भिड्दै नारायणकाजी र बाबुराम ! कस्ले मार्ला बाजी ?
कबाडीबाट खरिद गरेको कुर्सीमा हीरा भेटिएपछि
कबाडीबाट खरिद गरेको कुर्सीमा हीरा भेटिएपछि
किन रोकियो कर्मचारी समायोजन प्रक्रिया
किन रोकियो कर्मचारी समायोजन प्रक्रिया
(नोटाम) उल्लंघन गर्दै फ्लाई–दुवई उडाउने पाईलट र उड्न दिनेलाई अन्तर्राष्ट्रिय कारबाही हुन्छ : ई. कंडेल
(नोटाम) उल्लंघन गर्दै फ्लाई–दुवई उडाउने पाईलट र उड्न दिनेलाई अन्तर्राष्ट्रिय कारबाही हुन्छ : ई. कंडेल