मनमोहनले शुरु गरेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ विकासको नौलो मोडल

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १४, २०७६
|
|
२४ पटक हेरिएको
Shares
मनमोहनले शुरु गरेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ विकासको नौलो मोडल

सारांश

  • ललितपुर ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका छन् ।
  • पूर्व प्रधानमन्त्री एवं तत्कालीन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवसरमा सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मनमोहनले सुरु गरेको आफ्नो गाउँ आँफैं बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको बताए ।

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री एवं तत्कालीन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवसरमा सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मनमोहनले सुरु गरेको आफ्नो गाउँ आँफैं बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको बताए ।

“मनमोहन अधिकारीले विकासको नयाँ मोडेल, सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुनी राज सुरु गर्नुभयो” प्रधानमन्त्री ओलीले भने, “उहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पुरा गर्छ ।”

प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने दुईखाले चलखेल सुरु भएको बताए । “ती समस्या सजिलै समाधान गर्नुहुन्थ्यो तर उहाँसँग समय रहेन” प्रधानमन्त्री ओलीले भने, “उहाँको उत्तराधिकारीको रुपमा हामीले १२ बुँदे सम्झौता मार्फत द्वन्द्वको समाधान ग-यौं र राजतन्त्र सदाका लागि विदा ग-यौं ।”

प्रधानमन्त्री ओलीले मनमोहनले विकास र समृद्धिका लागि त्यती बेलै धेरै काम गर्न खोजेको बताए । “उहाँले सुरु गरेको विकास र समृद्धिका योजना हामी पुरा गर्छौं” प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?