न्यूजिल्यान्डमा मस्जिदमा आक्रमण, ‘केहीको मृत्यु’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
२८ पटक हेरिएको
Shares
न्यूजिल्यान्डमा मस्जिदमा आक्रमण, ‘केहीको मृत्यु’

सारांश

  • क्राइस्टचर्च (बीबीसी)।
  • न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा 'केही मानिसको मृत्यु' भएको प्रहरीले जनाएको छ।
  • प्रहरी प्रमुख माइक बुशले एक जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन्।
क्राइस्टचर्च (बीबीसी)। न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा 'केही मानिसको मृत्यु' भएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख माइक बुशले एक जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन्।
 प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन्। सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ र सबै विद्यालयहरूको ढोकामा ताल्चा मारिएको छ।

स्थिति अझै अस्पष्ट
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जेसिन्डा आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन्। उनले भनिन्, "अहिले मैले भन्न सक्ने भनेको आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ।" अल नूर मस्जिदमा रहेका मोहन इब्राहिमले स्थानीन समाचारपत्रलाई भने,"पहिले त बिजुलीको झट्का होला भन्ठानेका थियौँ। तर त्यसपछि सबै मानिसहरू भाग्न थाले।"

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?