ललितपुरमा विश्व वातावरण दिवस मनाइयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०८०
|
|
२५ पटक हेरिएको
Shares
ललितपुरमा विश्व वातावरण दिवस मनाइयो

सारांश

  • ललितपुर ।
  • ललितपुरमा वृक्षारोपण र सरसफाइ कार्यक्रम आयोजना गरी विश्व वातारण दिवस मनाइएको छ ।
  • डिभिजन वन कार्यालय ललितपुर र वातावरण क्षेत्रमा काम गर्दै आएका संघसंस्थाको अगुवाईमा जनचेतनामुलक कार्यक्रमका साथै वृक्षारोपण र सरसफाइ गरी दिवस मनाइएको हो ।

ललितपुर । ललितपुरमा वृक्षारोपण र सरसफाइ कार्यक्रम आयोजना गरी विश्व वातारण दिवस मनाइएको छ । डिभिजन वन कार्यालय ललितपुर र वातावरण क्षेत्रमा काम गर्दै आएका संघसंस्थाको अगुवाईमा जनचेतनामुलक कार्यक्रमका साथै वृक्षारोपण र सरसफाइ गरी दिवस मनाइएको हो ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भइ हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउन लागिएको हो । यस वर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ ।

‘प्रकृतिलाई प्लास्टिकमुक्त बनाइ पर्यावरणलाई संरक्षण गर्नु आवश्यक छ,’ ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले, ‘प्लास्टिकको झोला तथा सामग्रीको साटो कपडालगायतका वातावरणलाई कम हानी गर्ने सामग्रीको प्रयोग बढाउनुपर्ने बताए ।

डिभिजन वन कार्यालय ललितपुरका सूचना अधिकारी थीरप्रसाद कोइरालाले दिवसका अवसरमा महानगरपालिका प्रमुख महर्जनको अगुवाईमा ग्वार्कोदेखि लामाटारसम्मका सडकपेटीमा वृक्षारोपण गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?