सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
२५ पटक हेरिएको
Shares
सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

सारांश

  • काठमाडौँ ।
  • एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितमा नेपाल समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ ।
  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह ‘ए’ को विजेता बन्न सफल भयो ।

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितमा नेपाल समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह ‘ए’ को विजेता बन्न सफल भयो ।

नेपाल समूह चरणमा अपराजित रह्यो । जितसँगै नेपालले चार खेलबाट सात अङ्क जोड्यो । समूहमा ‘ए’ मा रहेको ओमान छ अङ्कका साथ उपविजेता बन्यो । नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । साथै नेपालले साउदी अरेबियासँग वर्षाको कारण अङ्क बाँडेको थियो ।

आजको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो । कतारका लागि तीन खेलाडीले मात्र दोहारो अङ्कमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५÷१५ रन जोडए भने अमिर फरिकले १४ रन बनाए ।

कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए भने सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै ललितनारायण राजवंशीले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियोे ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान दिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले २७ रन, आसिफ शेखले १९ रन, दीपेन्द्रसिंह ऐरीले १२ र सोमपाल कामी र आरिफ शेखले ११÷११ रन बनाए ।

कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान तीन÷तीन विकेट लिए भने गयान मुनवाराले दुई विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले चुनाव हारे जनताले दुः ख पाउँछन् : देउवा
कांग्रेसले चुनाव हारे जनताले दुः ख पाउँछन् : देउवा
राजपा नेपालका शीर्ष नेताहरु भारतीय दूतावासमा
राजपा नेपालका शीर्ष नेताहरु भारतीय दूतावासमा
उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट
उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट
४३ वर्षको अन्तरालमा ५३ पटक विवाह !
४३ वर्षको अन्तरालमा ५३ पटक विवाह !
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
पदको लागि होइन सेवाको लागि नाट्टामा जान लागेको हुँ : भट्टराई
पदको लागि होइन सेवाको लागि नाट्टामा जान लागेको हुँ : भट्टराई
बागलुङका स्थानीय तहका नीतिः कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा
बागलुङका स्थानीय तहका नीतिः कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा
थ्रीस्टार उदयपुर गोल्डकपको सेमिफाइनलमा
थ्रीस्टार उदयपुर गोल्डकपको सेमिफाइनलमा
भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबारको पर्खाल नबन्दा जोखिमपूर्ण यात्रा
भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबारको पर्खाल नबन्दा जोखिमपूर्ण यात्रा
दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७१ करोडको कारोबार
दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७१ करोडको कारोबार

तपाईंले छुटाउनुभयो कि?