न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २३, २०७९
|
|
२१ पटक हेरिएको
Shares
न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने

सारांश

  • काठमाडौँ ।
  • सत्तागठबन्धन दलबीच सरकारको न्यूनतम् साझा कार्यक्रमका बारेमा सहमति जुटेको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सरकारको साझा नीति कार्यक्रमका बारेमा दलका बीचमा अभिमुखीकरण भएको नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

काठमाडौँ । सत्तागठबन्धन दलबीच सरकारको न्यूनतम् साझा कार्यक्रमका बारेमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सरकारको साझा नीति कार्यक्रमका बारेमा दलका बीचमा अभिमुखीकरण भएको नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

“लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएका विषय तथा सुशासनका सम्बन्धमा सहमति भएको छ”, बैठकपछि सञ्चारकर्मीसँग उनले भने, “आज ५ बजे सार्वजनिक गर्ने तय भएको छ ।” उहाँले गठबन्धनमा आबद्ध दलहरुका बीचमा सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा सैद्धान्तिक छलफल भएको बताए ।

“दलहरुबीच नीति कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा मूलभूतरुपमा सहमति भएको छ । कतिपय सानातिना सुझाव भए आज साँझसम्म समेटिने र ५ बजे सार्वजनिक हुन्छ”, उनले भने । राष्ट्रपतिको निर्वाचनपछि सत्तागठबन्धनमा फेरबदल आएसँगै गठबन्धन आबद्ध दलहरु न्यूनतम साझा कार्यक्रम बनाउन जुटेका हुन् ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीलगायत सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुम्लामा मौसमी फ्लुः ६ जनाको मृत्यु
हुम्लामा मौसमी फ्लुः ६ जनाको मृत्यु
राष्ट्रपति भण्डारीको चिन भ्रमण सफल, अब सि नेपाल आउँछन् : श्रेष्ठ
राष्ट्रपति भण्डारीको चिन भ्रमण सफल, अब सि नेपाल आउँछन् : श्रेष्ठ
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
संसद अवरुद्ध गर्नु, सङ्कट निम्त्याउनु हो –अध्यक्ष यादव
संसद अवरुद्ध गर्नु, सङ्कट निम्त्याउनु हो –अध्यक्ष यादव
संगठनमा १६ औँ नम्बरका नेम्वाङ संगठनमा चौँथो नम्बरमा
संगठनमा १६ औँ नम्बरका नेम्वाङ संगठनमा चौँथो नम्बरमा
अब सांसदले मोवाइल चलाउन नपाउने, कुर्सी फाल्न नपाउने
अब सांसदले मोवाइल चलाउन नपाउने, कुर्सी फाल्न नपाउने
आरोप प्रत्यारोप चलिरहेका बेला प्रचण्डलाई किन भेट एमाले नेताले?
आरोप प्रत्यारोप चलिरहेका बेला प्रचण्डलाई किन भेट एमाले नेताले?
‘प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा : रोजगारी दिन नसके निर्वाह भत्ता
‘प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा : रोजगारी दिन नसके निर्वाह भत्ता
भक्तपुरमा बस दुर्घटना, नौ जना घाइते
भक्तपुरमा बस दुर्घटना, नौ जना घाइते
काठमाडौं उपत्यकालगायत देशभर भारी वर्षा, नदीहरु खतरनाक बन्दै
काठमाडौं उपत्यकालगायत देशभर भारी वर्षा, नदीहरु खतरनाक बन्दै

तपाईंले छुटाउनुभयो कि?