जुम्लामा पहिलो पटक मेरुदण्डको सफल अप्रेशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
जुम्लामा पहिलो पटक मेरुदण्डको सफल अप्रेशन

सारांश

  • जुम्ला, १८ जेठ ।
  • जुम्लामा मेरूदण्डकाे शल्यकृया (अप्रेसन) भएकाे छ ।
  • मेरूदण्डकाे शल्यकृया (अप्रेसन) संगै अब  काठमाडाै, सुर्खेत, नेपालगंज धाइरहन नपर्ने भएकाे छ ।

जुम्ला, १८ जेठ । जुम्लामा मेरूदण्डकाे शल्यकृया (अप्रेसन) भएकाे छ ।

मेरूदण्डकाे शल्यकृया (अप्रेसन) संगै अब  काठमाडाै, सुर्खेत, नेपालगंज धाइरहन नपर्ने भएकाे छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्णाली प्रदेशकै पहिलोपटक मेरुदण्डको अप्रेसन गरिएको हाे।

हाडजोर्नी विेशषज्ञ डा देउमन लिम्वुको नेतृत्वमा हाडजोर्नी विशेषज्ञ डा धनबहादुर कार्की, मेडिकल डाइरेक्टर डा पुजन रोकाया, डा मंगल रावल, एनएसथेसियाका डा रमेश भट्टराई, डा निराजन महासेट र डा रविन खापुङको टोलीले मेरुदण्डको पहिलो सफल अप्रेसन गरेको हो ।

टोलीले बनमा बाख्रा चराउन गएको बेला रुखबाट लडेर मेरुदण्डमा समस्या भएका जुम्ला पातारासी गाउँपालिका ५ का ३३ वर्षीया टेकबहादुर बुढाको मेरुदण्डको अप्रेशन गर्न सफल भएकाे हाे  ।  बुढा जेठ ८ गते अस्पताल भर्ना भएका थिए ।

चिकित्सकहरुले मेरुदण्ड भाँचिएको पहिचान भएपछि अप्रेसन गरेर नयाँ जीवन दिएको अनुभूति गर्दै बुढाले भने‘अहिलेसम्म जुम्लामै यो प्रकारको अप्रेशन हुन नसक्नेमा ढुक्क थिए,’ उनले भने, ‘तर विशेषज्ञ चिकित्सकहरुले जुम्लामै यो खालको अप्रेशन संभव तुल्याईदिएर पुर्नजीवन प्रदान गरेका छन्। यसमा निकै खुसी छु।’

पछिल्लो समयमा अस्पतालमा भएको आवश्यक स्रोतसाधन र जनशक्तिका कारण मेरुदण्डको अप्रेसन सम्भव भएको हाडजोर्नी विशेषज्ञ डा धनवहादुर कार्कीले बताए । कार्कीका अनुसार न्युनतम २ देखि ४ लाख रुपैयाँसम्म खर्च लाग्ने शल्यकृया  जुम्ला अस्पतालमा ३० हजार देखि ३५ हजार रुपैयाँमै सम्भव भएको हो । शल्याक्रिया पश्चात् बिरामीको अवस्थामा निकै सुधार भएको  अाफन्तले बताएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुर्नबहाली !
चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुर्नबहाली !
तीन तहका सरकारबीच देखिएका अन्यौलता अब हट्नेछन् : प्रधानमन्त्री दाहाल
तीन तहका सरकारबीच देखिएका अन्यौलता अब हट्नेछन् : प्रधानमन्त्री दाहाल
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
चुनावमा भाग लिने बिषयलाई लिएर राजपामा भाँडभैलो,,
चुनावमा भाग लिने बिषयलाई लिएर राजपामा भाँडभैलो,,
साफ च्याम्पियनसीप : नेपाल र पाकिस्तानबीचको खेल सुरु
साफ च्याम्पियनसीप : नेपाल र पाकिस्तानबीचको खेल सुरु
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा टेबुल
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा टेबुल
पृथ्वी राजमार्गमा चल्ने यातायातमा भाडा बढ्यो
पृथ्वी राजमार्गमा चल्ने यातायातमा भाडा बढ्यो
राष्ट्रिय जनमोर्चाका युवा नेता सुरेश थापालाई पितृशोक
राष्ट्रिय जनमोर्चाका युवा नेता सुरेश थापालाई पितृशोक
पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो
पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो