अनशन तोडाउँदा गरिएको सहमति कार्यान्वयन गर्न डा. केसीको ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
४९ पटक हेरिएको
Shares
अनशन तोडाउँदा गरिएको सहमति कार्यान्वयन गर्न डा. केसीको ध्यानाकर्षण

सारांश

  • काठमाडौं, २२ साउन ।
  • डा.
  • गोविन्द केसीले सरकारले आफ्नो अनसन तोडाउँदा गरेको सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं, २२ साउन । डा. गोविन्द केसीले सरकारले आफ्नो अनसन तोडाउँदा गरेको सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन् । चिकित्सक केसीको अनशनका क्रममा सरकार र गोविन्द केसीबीच ९ बुँदे सहमति भएको थियो ।

वरिष्ठ चिकित्सक केसीले अनशन तोडाउने क्रममा आफूसँग गरिएको नौंबुदे सहमति मन्त्रीपरिषद बैठकबाट अनुमोदन गराउने भनिए पनि अनुमोदन नगरिएको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । उनले सो काम तत्काल पूरा गर्न पनि सरकारलाई स्मरणसमेत गराए ।

करिव दुई साता उपचारपछि मंगलबार डिस्चार्ज भएका उनले महाराजगंजस्थित शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी आफूसँग गरिएको नौं बुँदे सहमति कार्यान्वयनमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । वरिष्ठ चिकित्सक केसीले संसदमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न पनि ढिलाई गर्न नहुने बताए । उनले आफूसँग गरिएको सहमति कार्यान्वयनमा नआए कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए ।

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउने तथा जाँचबुझ आयोगले दोषी ठहर गरेका पदाधिकारीहरुलाई कारवाही गर्ने लगायतका सहमति कार्यान्वयनमा ढिलाई नगर्न पनि माग गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्मानजनक ढङ्गले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य सकिने जसपाकाको उदघोष
वर्षेनी पाँचलाख नेपाली युवा बेरोजगार ,उपसचिव जीवनकुमार राई
वर्षेनी पाँचलाख नेपाली युवा बेरोजगार ,उपसचिव जीवनकुमार राई
पूर्णता पायो मधेस प्रदेश सरकारले
पूर्णता पायो मधेस प्रदेश सरकारले
एसएसपीसहित ८ प्रहरी मार्ने हत्याराहरुका मुद्दा  फिर्ता !!!
एसएसपीसहित ८ प्रहरी मार्ने हत्याराहरुका मुद्दा फिर्ता !!!
श्यामसुक्ला इन्टरटेन्मेनटकाे नेपाली सर्ट मुभि गाेलमाेल सार्वजनिक
५० पदका लागि हुने उपनिर्वाचनमा ४० करोड खर्च लाग्ने
५० पदका लागि हुने उपनिर्वाचनमा ४० करोड खर्च लाग्ने
प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)
प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
कार्यकर्तालाई ‘शेरबहादुर जिन्दावाद’ भन्न सिकाएको भन्दै पौडेल यसरी बम्किए
कार्यकर्तालाई ‘शेरबहादुर जिन्दावाद’ भन्न सिकाएको भन्दै पौडेल यसरी बम्किए
कसैको प्रेममा हुनुहुन्छ ? यौन चाहना हँदा देखाइने लक्षणहरु जान्नुहोस्
कसैको प्रेममा हुनुहुन्छ ? यौन चाहना हँदा देखाइने लक्षणहरु जान्नुहोस्