न्यून चापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३, २०७९
|
|
२६ पटक हेरिएको
Shares
न्यून चापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सारांश

  • काठमाडौं।
  • भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ।
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना पनि छ।

काठमाडौं। भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना पनि छ।

दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको पनि आकलन महाशाखाले गरेको छ । त्यस्तै, प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि प्रक्षेपण गरिएको छ।

राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।

सोमबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि आकलन महाशाखाले गरेको छ।

तराईका केही भूभागमा बिहानदेखि नै हुस्सु लागेको छ। पूर्व र पश्चिम तराईका केही स्थान तथा मध्य तराईका धेरै स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    izveidot binance kontu

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?