विवेकशील साझाले थप ५ ठाउँ उम्मेदवारी दिने, कहाँबाट को ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
३७ पटक हेरिएको
Shares
विवेकशील साझाले थप ५ ठाउँ उम्मेदवारी दिने, कहाँबाट को ?

सारांश

  • काठमाडौं, कात्तिक १० – विवेकशील साझा पार्टीले प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि थप उम्मेदवारी दिने भएको छ ।
  • पार्टीले पाँचौ चरणमा प्रदेशसभा चुनावको लागि रुपन्देही र धनुषा जिल्लामा उम्मेदवारी घोषणा गरेको छ।
  • त्यस्तै नवलपरासी र सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ ।

काठमाडौं, कात्तिक १० – विवेकशील साझा पार्टीले प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि थप उम्मेदवारी दिने भएको छ । पार्टीले पाँचौ चरणमा प्रदेशसभा चुनावको लागि रुपन्देही र धनुषा जिल्लामा उम्मेदवारी घोषणा गरेको छ। त्यस्तै नवलपरासी र

सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ । अन्य उम्मेदवारहरु पनि क्रमशस् घोषणा गर्दै जाने पार्टीको जनाएको छ।

यस पटकको चुनावमा राष्ट्रिय पार्टी बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने लक्ष्य लिएको विवेकशील साझाका थप उम्मेदवारहरूको परिचय यस्तो छ ।

गणेश पन्थी, रुपन्देही क्षेत्र नं २ क

छत्रदेव गाउँपालिका–६ अर्घाखाँचीमा जन्मिनुभएका ३९ वर्षीय पन्थी इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक इन्जिनियर हुनुहुन्छ । उहाँले भारत कृष्ण इन्ष्टिच्यूट अफ इन्जिनियरिङ्ग कलेजबाट इलेक्ट्रोनिक इन्जिनियरिङ्गमा स्नातक गर्नुभएको छ ।

उहाँले नेपालमा तत्कालिन साझा पार्टीको उदयसँगै २०७४ बैशाखमा तिलोत्तमा नगरपालिका मणिग्राममा आफ्नै नेतृत्वमा साझा पार्टी तिलोत्तमा इकाई गठन गर्नुभएको थियो ।

 

निलम अधिकारी, रुपन्देही क्षेत्र नं २ ख

“बुटवल सक्षम छ अभियान” का अभियानताको रुपमा आफ्नो सामाजिक कार्य अघि बढाउनुभएका ३४ बर्षीय निलम अधिकारी स्याङ्जाको सातुपसल गा।वि।स। मा जन्मिनुभएको हो । पछिल्लो समय “प्लास्टिक मुक्त बुटवल उपमहानगरपालिका” को अभियानले बिस्तारै सार्थकता पाउने उहाँको आशा छ। प्लास्टिकको झोला प्रयोगमा कम गराउन बैकल्पिक झोला निर्माण तर्फ उहाँको टिम लागेको छ। खुल्ला पशु चौपाया मुक्त बुटवल सडक पनि उहाँको मेहनेतको क्षेत्र हो।

एक मसाल जुलुसमा नेपाल प्रहरीमा जागिरे उहाँका बुवालाई भ्यानभित्रै राखेर जलाउने प्रयास गरे पछी आफ्नो बुवा एक महिनासम्म वीरेन्द्र प्रहरी अस्पातलमा अचेत अवस्थामा रहनु परेको दुस्खद घटना पश्चात् निलमको राजनीतिलाई हेर्ने दृष्टि र दृष्टिकोण सत प्रतिशत नकारात्मक हुन थाल्यो। मसाल जुलुसको घटना पछी बुवाले जागिर छोडेको र घरमा आफू पनि कमाउनु पर्ने बाध्यताका साथ केही समय पढाई छोडी बुटवलमा अध्यापनतिर लाग्नुभयो ।

अहिले इन्स्टिच्यूट, होस्टल, पत्रिका र शैक्षिक कन्सल्टेन्सी चलाई रहनुभएका उहाँलाई बजारले एक सफल ब्यबसायी तथा अति नै महत्वाकांक्षी युवाको रुपमा चिन्ने गरेको छ। राजनीतिमा सक्रिय हुनु अघि उहाँले पत्रकार सम्मेलन गर्दै २०२० सम्म बीस कम्पनी मार्फत दुई सय जनालाई प्रत्यक्ष र दुई हजार जनालाई अप्रत्यक्ष रोजगार प्रदान गर्ने अति महत्वाकांक्षी उद्धेश्य पेश गर्नुभएको थियो ।

 

बाशुप्रसाद चालिसे,  सुनसरी क्षेत्र नं १ ख

धरानका चालिसे सुनसरीका अग्रणी भ्रष्टाचार विरोधी अभियानकर्ता हुनुहुन्छ । चिकित्सा क्षेत्रको वेथिति र भ्रष्टाचार विरुद्ध लड्दै आउनुभएका डा. गोविन्द केसीको सत्याग्रहलाई सुरुवातदेखि नै समर्थन गर्दै आएका चालिसे सुनसरीको ईटहरी, धरान लगायतका बजारमा “आई एम विथ डा। केसी” लेखिएको प्लेकार्ड बोकी सरकारलाई निरन्तर खबरदारी गर्ने एक्ला अभियानकर्ता थिए। उहाँको निरन्तर खबरदारीले विस्तारै सुनसरीमै अभियानको रुप लियो।

लामो समय नेपाल बैंक लिमिटेडमा कार्यरत चालिसे सबै प्रकारको भ्रष्टाचारको न्यूनीकरण गर्न निरन्तर अभियान संचालन गर्नुपर्ने विश्वास राख्नुहुन्छ।

जयराम भण्डारी, सिन्धुपाल्चोक क्षेत्र नं २

भण्डारी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ का बासिन्दा हुन्। त्यहाँ उहाँको ट्राउट माछापालन ब्यवसाय छ। तत्कालिन विवेकशील नेपाली दल मार्फत नविन र पृथक राजनीतिक धारमा बिगत दुई वर्षअघिदेखि आवद्ध भण्डारी “बिकल्प कुर्दै बस्ने होइन, आफैं बनेर देखाउनुपर्छ” भन्नेमा विश्वास गर्नुह्न्छ ।

विद्यार्थी कालमा अनेरास्ववियुमा आवद्ध भण्डारीलाई विस्तारै पुरातन राजनीतिक दल र तिनका व्यवहारले निराश तुल्याएको पाईन्छ। यसै वितृष्णाका बिच राजनीतिक संग्लनताबाट पर रही उहाँले आफ्ना केहि उर्जावान् वर्षहरु रोजगारीको क्रममा कतारमा व्यतित गर्नुभयो ।

नेपाल फर्केर आफ्नै व्यवसायलाई सफल ढंगले अघि बढाउँदै गरेका भण्डारी हाम्रै जीवनकालमा राजनीतिको फोहोर सफा गर्न र सम्वृद्ध नेपालको खाका कोर्न सकिनेमा विश्वस्त देखिन्छन्। ४१ बर्षिय भण्डारीले बिबिएससम्मको अध्ययन पूरा गर्नुभएको छ ।

डा. हेमन्तराज न्यौपाने, नवलपरासी क्षेत्र नं १

वर्दघाट–४ नवलपरासीका ३७ वर्षीय डा। हेमन्त राज न्यौपानेले अल्टर्नेटिभ मेडीसिनमा एम डी गर्नुभएको छ । न्यौपाने विगत १० वर्षदेखि बर्दघाटमा आफ्नै पोलीक्लिनिक “संजीवनी हेल्थ होम” संचालन गर्नुभएको छ ।

तत्कालिन विवेकशील नेपाली दलको नवलपरासी एकाईका व्यवस्थापिका प्रमुख रहेर काम गर्नुभएका न्यौपानेले आफ्नो नेतृत्वमा वर्दघाट, सुस्ता गाउँपालिका तथा भारत अतिक्रमीत भूमि सुस्तामा बाढीपीडितहरुका लागि सार्वजनिक निस्शुल्क मेस संचालन गर्नुभएको थियो ।

साथै, सरावल गाउँपालिका  ६,७ मा राहत वितरणमा सामाजिक संस्था नेपाली मनू स्थापना गरी सकृय भूमिका निर्वाह गर्नुभएको थियो । देशमा विधिको शासन हुनु पर्छ, पारदर्शिता, उत्कृष्टता, समानता, जनतामुखी जिम्मेवार सरकार, उच्च पदस्थ कर्मचारी र नेता हुनु पर्छ भन्ने मान्यतासहित राजनीतिमा आएको उहाँ बताउँनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
निगम थप संकटमा दुई महिना नकट्दै वाइड बडी विमान बिग्रियो
निगम थप संकटमा दुई महिना नकट्दै वाइड बडी विमान बिग्रियो
रामचन्द्र पौडेललाई राजनीतिबाट सन्यास लिन बस्नेतको आग्रह !!
रामचन्द्र पौडेललाई राजनीतिबाट सन्यास लिन बस्नेतको आग्रह !!
एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री
एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री
अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति पुन र मुख्यमन्त्री शाहीको चीनतिर किन लर्को ?
अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति पुन र मुख्यमन्त्री शाहीको चीनतिर किन लर्को ?
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
निर्वाचनकै मुखमा मधेस प्रदेश सरकारको जम्बो टोली युरोप भ्रमण जाँदै
निर्वाचनकै मुखमा मधेस प्रदेश सरकारको जम्बो टोली युरोप भ्रमण जाँदै
कोशी प्रदेशका नवनियुक्त मन्त्री एकराज कार्की अस्पताल भर्ना
कोशी प्रदेशका नवनियुक्त मन्त्री एकराज कार्की अस्पताल भर्ना
एसपीपीबारे अमेरिकालाई पत्राचार गर्न गुरुङको माग
एसपीपीबारे अमेरिकालाई पत्राचार गर्न गुरुङको माग
मध्ये राती आएको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु, तीन गम्भीर
मध्ये राती आएको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु, तीन गम्भीर