चर्को घाम र तातो हावाले जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
४४ पटक हेरिएको
Shares
चर्को घाम र तातो हावाले जनजीवन प्रभावित

सारांश

  • महोत्तरी।
  • पछिल्लो समयम एकाएक चर्को घाम लाग्नुको साथै तातो हावा (लू ) चलेपछि महोत्तरीलगायत तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ।
  • तराईका महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायत जिल्लामा दिउँसोको समयमा अत्यधिक चर्को घामका साथै लू चलेका कारण सर्वसाधारण प्रभावित भएका छन्।

महोत्तरी। पछिल्लो समयम एकाएक चर्को घाम लाग्नुको साथै तातो हावा (लू ) चलेपछि महोत्तरीलगायत तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ। तराईका महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायत जिल्लामा दिउँसोको समयमा अत्यधिक चर्को घामका साथै लू चलेका कारण सर्वसाधारण प्रभावित भएका छन्।

चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको गौशालास्थित सिटिजन बैंकका शाखा प्रबन्धक दिलीपकुमार श्रेष्ठले बताए। उनका अनुसार अन्य महिनाको तुलनामा यो महिना बैंकमा वित्तीय कारोवारका लागि आउने सेवाग्राहीको सङ्ख्या ह्वात्तै घटेको बताइएको छ।

त्यस्तै तातो हावाहुरी तथा लूकै कारण आँप तथा अन्य तरकारी खेती प्रभावित भएको गौशालाका किसान लक्ष्मेश्वर महतोले बताए। बढ्दो गर्मीका कारण खेतमा काम गर्न कामदारले जान नमानेर समेत फलफूल तथा तरकारी खेती प्रभावित हुन पुगेको उनले जानकारी दिए।

तापक्रम उच्च भएपछि बालबालिका बिरामी हुन थालेका प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक मनोजकुमार साहले बताए। वैशाखयता तराईमा पानी नपर्दा गर्मीका कारण घाउखटिरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि वृद्धि भएको उनले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?