सरकारको एक वर्षे कार्यकाल आधारभुत रुपमा सफल : बडाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २९, २०७५
|
|
६१ पटक हेरिएको
Shares
सरकारको एक वर्षे कार्यकाल आधारभुत रुपमा सफल : बडाल

सारांश

  • काठमाडौं, २९ माघ ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले सरकारको एक वर्षे कार्यकाल आधारभुत रुपमा सफल भएको दाबी गरेका छन् ।
  • मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले युद्धस्तरमा विकास निर्माणका काम भैरहेको छ।

काठमाडौं, २९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले सरकारको एक वर्षे कार्यकाल आधारभुत रुपमा सफल भएको दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले युद्धस्तरमा विकास निर्माणका काम भैरहेको छ। बाटाहरु धमाधम चार लेनबाट ६ लेन, र ६ लेनबाट ८ लेनमा स्तरोन्नती भैरहेका छन् ।’

जनताको घरदैलोमा परिवर्तन नदेखिए विकास निर्माणका कामहरु धमाधम भैरहेको उनको भनाई थियो । उनले भने,‘म यो बीचमा पुर्व–पश्चिम यात्रामा निक्किएको थिएँ । मैले धुलो उडिरहेको देखें । डोजर चलिरहेको देखें । अब त बल्ल विकास भयो भन्ने मलाई लागेको छ ।’

सरकारले यो एक वर्षमा धेरै महत्वपूर्ण कामहरु गरिरहेको पनि उनले विश्वास दिलाए । उनले भने,‘भारतसँग पिटिए भएको छ । यो हाईडा«े क्षेत्रको लागि महत्वपूर्ण उपलब्धि हो । थप हवाई रुट दिने सहमति भएको छ ।’

त्यस्तै केरुङ–काठमाडौं रेलमार्गको डिपिआर पनि निर्माण भैसकेको उनले जनाए । भारतबाट काठमाडौं रेल आउने, पुर्व–पश्चिम रेलमार्गको पनि काम भैरहेको लगायत विकास निर्माणका फेहरिस्त उनले सनाए ।

बडालले यो एक वर्षमा सरकारले विकासको जग हालेको पनि दाबी गरे । यद्धपी उनले सरकारले केही काम नै गरेन र अर्थतन्त्र नै डामाडोल भयो भनेर लगाईएको आरोपमा भने कुनै सत्यता नभएको भन्दै खण्डन गरे । सरकार अझै प्रभावकारी र अझै सशक्त रुपमा प्रस्तुत हुनुपर्छ भन्ने जनताको चाहनालाई आफूहरुले स्वभाविक रुपमा लिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह
एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह
आज ४ बजे नेकपा सचिवालय बैठक बस्दै, यी विषयमा टुंगो लगाइने
आज ४ बजे नेकपा सचिवालय बैठक बस्दै, यी विषयमा टुंगो लगाइने
यि हुन सशस्त्र प्रहरीका एआइजी बाट डिआइजीमा घटुवा हुनेहरू !
यि हुन सशस्त्र प्रहरीका एआइजी बाट डिआइजीमा घटुवा हुनेहरू !
कोरोना अपडेटः कति संक्रमित थपिए र कति संक्रमणमुक्त भए ?
कोरोना अपडेटः कति संक्रमित थपिए र कति संक्रमणमुक्त भए ?
फेरि बढ्यो हवाई भाडा- कहाँ पुग्न कति सूचिसहित !
फेरि बढ्यो हवाई भाडा- कहाँ पुग्न कति सूचिसहित !
अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा जाने
अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा जाने
विद्यमान ऐनमा देखिएको दोहोरोपना हटाउन संसद किन उदासिन?
विद्यमान ऐनमा देखिएको दोहोरोपना हटाउन संसद किन उदासिन?
नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै नेप्सेमा उत्साह: ७९ अङ्कको वृद्धिसँगै परिसूचक २६७७ को बिन्दुमा, बजार पुँजीकरण बलियो
नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै नेप्सेमा उत्साह: ७९ अङ्कको वृद्धिसँगै परिसूचक २६७७ को बिन्दुमा, बजार पुँजीकरण बलियो
भदाै दुइ गतेदेखि SWe Canसरसफार्इ अभियान-२०७५ संचालन हुने
भदाै दुइ गतेदेखि SWe Canसरसफार्इ अभियान-२०७५ संचालन हुने
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा