चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १२, २०७४
|
|
३३ पटक हेरिएको
Shares
चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी

सारांश

  • नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई पुनः स्मरण गराएको छ ।
  • राष्ट्र बैकले दुई बर्ष अघि मौद्रिक नीति मार्फत चुक्ता पुँजी बृद्धिको योजना ल्याएको थियो ।
  • नेपाल राष्ट्र बैंकले दुई बर्ष अघि ल्याएको चुक्ता पुँजी बृद्धिको योजनाको समयसीमा असार मसान्तमा सकिदै छ ।

नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई पुनः स्मरण गराएको छ । राष्ट्र बैकले दुई बर्ष अघि मौद्रिक नीति मार्फत चुक्ता पुँजी बृद्धिको योजना ल्याएको थियो ।

नेपाल राष्ट्र बैंकले दुई बर्ष अघि ल्याएको चुक्ता पुँजी बृद्धिको योजनाको समयसीमा असार मसान्तमा सकिदै छ । राष्ट्र बैंकले २०७४ असार मसान्त सम्ममा बैक तथा वित्तीय सस्थाहरुलाई चुक्ता पुँजी बृद्धि गर्न निर्देशन दिएको थियो । राष्ट्र बैकले दिएको समय सिमा सकिन लागे पछि केही बैक तथा बित्तिय सस्थाहरु पुँजी बृद्धिको दवावमा परेका छन ।

राष्ट्र बैंकको निर्देशन अनुसार केही बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी समय सिमा भित्र भित्र पुँजी बृद्धि गर्न स्मरण गराएको हो ।

तोकिएको चुक्ता पूँजी नपु-याउने बैंक तथा वित्तीय संस्थाहरुलाई लाभांश तथा वोनस शेयर घोषणा गर्न रोक लगाउने, नयाँ शाखा खोल्न रोक लगाउने र निक्षेप परिचालनको सीमा कायम गर्ने जस्ता व्यवस्थाहरु रहेको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय बैक तथा वित्तीय संस्थाहरु मर्जर, एक्विजिसन, बोनस सेयर, हकप्रद तथा सेयर मार्फत राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पुँजी बृद्धि गर्ने कसरतमा लागेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?