कलंकी चोकमा ट्राफिक प्रहरीको दादागिरीः लछार्दै बाइक चालकलाई यसरी कुटे

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
कलंकी चोकमा ट्राफिक प्रहरीको दादागिरीः लछार्दै बाइक चालकलाई यसरी कुटे

सारांश

  • काठमाडौं, पुस २३ ।
  • शुक्रबार काठमाडौंको कंलकी चोकमा ट्राफिक जवानले एक मोटरसाइकल चालकलाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।
  • ट्राफिक प्रहरीले वाईक सवार व्यक्तिलाई नालीमा खसाउँदै टाउकै टाउकोमा हिर्काएको भिडियो सार्वजनिक भएको हो ।

काठमाडौं, पुस २३ । शुक्रबार काठमाडौंको कंलकी चोकमा ट्राफिक जवानले एक मोटरसाइकल चालकलाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।

ट्राफिक प्रहरीले वाईक सवार व्यक्तिलाई नालीमा खसाउँदै टाउकै टाउकोमा हिर्काएको भिडियो सार्वजनिक भएको हो ।

बाईकमा सवार व्यक्ति अएर किन हात हालेको भनि ट्राफिकलाई रोकेर सोध्न खोज्दा फेरी उल्टै ट्राफिक जवानले हिर्काउन थालेको भिडियोमा देख्न सकिन्छ ।

कुटाई खाने व्यक्ति पवनसिंह बस्नेत हुन् । पवनले ट्राफिक नियमको उल्लंघन आफूबाट भएको तर सामान्य वादविवादबाट ट्राफिक प्रहरीले आफूलाई हिर्काएको बताए ।

कुटपिट गर्ने प्रहरी मंगल चौधरी हुन् । उनले पनि सामान्य झगडा भएको भन्दै आफूहरु मिलिसकेको बताएका छन् । ट्राफिक प्रहरीसँगको विवाद भएपछि पवनलाई एक रात कालिमाटी चौकीमा नै राखिएको रहेछ ।

तर नियम उल्लंघन गर्ने व्यक्तिलाई यसरी निर्घात कुटपिट गर्नु र उनैलाई रातभरी थुनामा राख्नु कतिसम्मको न्यायसंगत हो ? के ट्राफिक व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई यस्तै सिकाईन्छ त ?

https://www.youtube.com/watch?v=BDIRIhtOkeg

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?