‘पठाओ’ले कानुनी मान्यता पाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
‘पठाओ’ले कानुनी मान्यता पाउने

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न नहुने आदेश गरेको छ ।
  • न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओको सेवा रोक्न अस्वीकार गरेको हो ।

काठमाडौं । सर्वोच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न नहुने आदेश गरेको छ ।

न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओको सेवा रोक्न अस्वीकार गरेको हो ।

मोटरसाइकल र स्कुटरले गैर कानुनी व्यवसाय सञ्चालन गरेको भन्दै चलाउन रोक लगाउन मागसहित श्यामकुमार श्रेष्ठले माघ २८ गते सर्वोच्च अदातलमा रिट निवेदन दर्ता गरेका थिए ।

यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारीसाधनले उपदफा २ बमोजिम निजी सवारीसाधन यातायात व्यवसायकै रुपमा प्रयोग गर्न नपाइने रिट निवेदकको माग थियो । तर सर्वोच्चले अन्तरिम आदेश जारी नहुने भन्दै पठाओलाई रोक्न नहुने आदेश गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?