युवाहरुको व्यापक सहभागितामा प्रदेश युवा सम्मेलन आजदेखि धनगढीमा शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २, २०७६
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • धनगढी १ जेठ र उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने मुल नाराका साथ आजदेखि धनगढीमा प्रदेश युवा सम्मेलन २०१९ शुरु भएको छ ।
  • नेपाल युवा परिषदले पहिलो पटक सुदुरपश्चिम प्रदेशमा यो सम्मेलन आयोजना गरेको छ ।
  • सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको युवा सम्मेलनको उद्घाटन सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गरेका छन् ।

धनगढी १ जेठ र उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने मुल नाराका साथ आजदेखि धनगढीमा प्रदेश युवा सम्मेलन २०१९ शुरु भएको छ । नेपाल युवा परिषदले पहिलो पटक सुदुरपश्चिम प्रदेशमा यो सम्मेलन आयोजना गरेको छ । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको युवा सम्मेलनको उद्घाटन सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गरेका छन् ।
उद्घाट्न गर्नुहुदै उहाँले राष्ट्रको विकास र समाज परिवर्तनमा युवाको महत्वपूर्ण भुमिका हुुने हुदाँ युवाहरुलाई उद्यमशिलतामा जोड दिनु पर्ने बताउनुभयो । सोही अवशरमा सुदुरपश्चिमको पर्यटन प्रचारप्रसारको लागि नेपाल युवा परिषदले निर्माण गरेको भिजिटसुदुरपश्चिमडटकमको अफिसियल वेभसाईट औपचारिक रुपमा उद्घाटन गरेका थिए ।
बिशेष अतिथी रहनुभएका धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले युवा परिवर्तनका संवाहक हुन, युवाले विश्वकै मुहार फेर्ने अठोटका साथ लक्ष्य निर्धारण गरी अगाडी बढ्नु पर्छ र सुदुरपश्चिम प्रदेश विभिन्न सम्भावना र अवसरले भरिएको प्रदेश भएकोले हरेक युवाहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिए ।
नेपाल युवा परिषद सुदुरपश्चिम प्रदेशका बशन्ती सापकोटाका सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको विशेष अतिथीको रुपमा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओड रहनुभएको थियो अतिथिहरुमा बानिगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँद, कोकाकाला नेपालका इरिना कार्की गुरुङ अक्सफाम ट्रोसा परियोजना संयोजक समीरा शाक्य लगायतको विशेष उपस्थिती रहेको थियो ।

दुई दिन सम्म चल्ने आवासीय सम्मेलनमा सहभागि युवाहरुलाई पर्यटन, सुचना प्रबिधि लगायत दिगो विकासका लक्ष्यहरु, जलवायु परिवर्तन, भिजिट नेपाल २०२०, युवा उधमशिलता, नेतृत्व विकास, युथ मोटिभेसन लगायतको विषयमा प्रशिक्षण दिईने र सुदुरपश्चिम प्रदेशका युवाहरुले प्रदेश विकासका लागि कार्ययोजना बनाई प्रदेश सरकारको प्रमुखलार्ई बुझाउने कार्यक्रम रहेको आयोजक संस्थाका संस्थापक अध्यक्ष सरोज बानियाले बताए । सम्मेलनको पहिलो दिन उद्यमशिलताको विषयमा प्यानल छलफल गरिएको थियो । सो छलफलमा कैलाली उद्योग बाणिजय संघका उपाध्यक्ष पुस्कर ओझा, सामाजिक विकास मन्त्रालय युवा तथा खेलकूद महाशाखाका प्रमुख पदमराज जोशी, महिला उद्यमी रुकमणी देवकोटा र पर्यटन ब्यवसायी योगेन्द्र बम सहभागी रहेका थिए । साथै युएनडिपी, धनगढीका प्रमुख बैजन्ती गिरी सिहले दिगो विकासका लक्ष्यहरुको बारे जानकारी गराउनुभएको थियो त्यसैगरि अक्सफाम ट्रोसा परियोजना संयोजक समीरा शाक्यले पानी सुशासनमा युवाको भुुमिका बारे जानकारी गराउनुभएको थियो । नेपाल युवा परिषदका केन्द्रिय सदस्य किशोर न्यौपानैले जलवायु परिवर्तन बारे प्रशिक्षण गरेका थिए । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाको विभिन्न समुदायको प्रनिधित्व हुने गरी २०० बढी युवाहरुको सहभागिता रहेको छ । राधिका भट्टले संचालन गर्नु भएको उदघाटनका सत्रको कार्यक्रममा स्वागत मन्तव्य परिषदको केन्द्रिय सदस्य भिम बहादुर साउँदले राख्नु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेक्सी लुक्समा अन्जली (भिडियो)
सेक्सी लुक्समा अन्जली (भिडियो)
बेलडाँडीका महिलाअसारेका पात टिपेर तेल निकाल्दै
बेलडाँडीका महिलाअसारेका पात टिपेर तेल निकाल्दै
अमेरिका रुस तनावले बिश्व चिन्तित
अमेरिका रुस तनावले बिश्व चिन्तित
महरालाई सञ्चारमन्त्रीको यस्तो प्रहार
महरालाई सञ्चारमन्त्रीको यस्तो प्रहार
ट्रम्पले सार्वजनिक गरे लागूऔषध उत्पादन गर्ने देशको सूची, भारत र पाकिस्तान पनि सूचीमा
ट्रम्पले सार्वजनिक गरे लागूऔषध उत्पादन गर्ने देशको सूची, भारत र पाकिस्तान पनि सूचीमा
घट्यो खाना पकाउने ग्यासको मुल्य अब ११२०/- मै पाहिने !
घट्यो खाना पकाउने ग्यासको मुल्य अब ११२०/- मै पाहिने !
निर्वाचन सम्बन्धमा कुनै अप्रिय निर्णय नगर्न सरकारसँग निर्वाचन आयुक्तको आग्रह’
निर्वाचन सम्बन्धमा कुनै अप्रिय निर्णय नगर्न सरकारसँग निर्वाचन आयुक्तको आग्रह’
शशांकलाई नेतृत्व हस्तान्तरण गर्ने देउवाको संकेत: अघि सारे संसदीय दलको नेतामा
शशांकलाई नेतृत्व हस्तान्तरण गर्ने देउवाको संकेत: अघि सारे संसदीय दलको नेतामा
दशैमा बलि दिइने पशुपक्षिको आत्माको चिरशान्तिको लागि ‘मानिबुम पूजा’
दशैमा बलि दिइने पशुपक्षिको आत्माको चिरशान्तिको लागि ‘मानिबुम पूजा’
सर्वोच्चद्वारा फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर
सर्वोच्चद्वारा फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर