सरकार गठनसँगै शेयर बजार उकालोतर्फ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
सरकार गठनसँगै शेयर बजार उकालोतर्फ

सारांश

  • काठमाडौँ, ३ फागुन , नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ ।
  • लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो ।
  • नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ३६.

काठमाडौँ, ३ फागुन , नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ३६.०१ बिन्दुले उकालो लागेर एक हजार ४२४.९५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७.७२ बिन्दुले उकालो लागेर ३०१.३० बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज १६५ कम्पनीको १५ लाख छ हजार ६३४ कित्ता शेयर रु ६६ करोड ३९ लाख ५६ हजार २४९ मूल्यमा खरिद बिक्री भएको हो । अधिकांश परिसूचक आज उकालो लागेकाले धितोपत्र बजारसमेत सकारात्मक रुपमा अगाडि बढेको हो । बैंकिङ ३१.३९, व्यापार ५.९९, होटल २२.९६, विकास बैंक ५५ं५, जलविद्युत् ४९.०४, फाइनान्स १७.५५, बीमा २१३.९५, उत्पादन ५०.७५, अन्य ७.३६ र माइक्रो फाइनान्स ६२.९१ बिन्दुले उकालो लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?