सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघ्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०८०
|
|
३९ पटक हेरिएको
Shares
सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघ्यो

सारांश

  • काठमाडौं।
  • सरकारको हालसम्मको कूल बेरुजु रु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
  • सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा लेखापरीक्षण प्रक्रिया, बेरुजुको अवस्था लगाएतका बिषयमा जानकारी गराउदै उपमहालेखापरीक्षक महेश्वर काफ्लेले सङ्घीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह र अन्य संस्था गरि ६ हजार बढि निकायको लेखापरीक्षण गर्दा गत आर्थिक वर्षसम्ममा साढे नौ खर्बमाथि बेरुजु देखिएको बताएका हुन्।

काठमाडौं। सरकारको हालसम्मको कूल बेरुजु रु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा लेखापरीक्षण प्रक्रिया, बेरुजुको अवस्था लगाएतका बिषयमा जानकारी गराउदै उपमहालेखापरीक्षक महेश्वर काफ्लेले सङ्घीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह र अन्य संस्था गरि ६ हजार बढि निकायको लेखापरीक्षण गर्दा गत आर्थिक वर्षसम्ममा साढे नौ खर्बमाथि बेरुजु देखिएको बताएका हुन्।

कूल बेरुजुमध्ये अद्यावधिक बेरुजु रू पाँच खर्ब ८७ अर्ब ३३ करोड ७४ लाख र कारबाही टुङ्गो लगाउनुपर्ने बेरुजु तीन खर्ब ७२ अर्ब ४५ करोड १३ लाख रहेको उनले बताए।

त्यस्तै गत वर्षको मात्रै बेरुजु हेर्दा संघीइ निकायहरूमध्ये सबैभन्दा धेरै अर्थ मन्त्रालयमा मात्रै ३२ अर्ब ४६ करोड ८८ लाख बराबर बेरुजु देखिएको काफ्लेले बताए। उनले प्रदेशका कार्यालयमा दोहोरोपना, अनुदान रकमको न्यून उपयोगिता, परामर्श सेवामा धेरै खर्च देखिएको जानकारी दिए।

बैठकमा समिति सदस्यहरुले बेरुजु घटाउन आर्थिक बर्षको अन्त्यमा खर्च गर्ने प्रवृतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जो बाइडनबारे अनुसन्धान गर्न ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई आग्रह गरेको पुष्टि
जो बाइडनबारे अनुसन्धान गर्न ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई आग्रह गरेको पुष्टि
सधैँ जित्नुपर्छ जस्तो कहिले लागेन,अब हार्दैछु: उपेन्द्र देवकोटा
बच्चालाई काखबाट छुटाई देवरहरुले किन गरे विन्दाको हत्या (भिडियोसहित)
बच्चालाई काखबाट छुटाई देवरहरुले किन गरे विन्दाको हत्या (भिडियोसहित)
तीन वर्षदेखि टिपताला नाका बन्द, नुन दुई सय रुपैयाँ प्रतिकिलो
तीन वर्षदेखि टिपताला नाका बन्द, नुन दुई सय रुपैयाँ प्रतिकिलो
इमरान खानको सपथग्रहण समारोहमा भारतिय पूर्व क्रिकेटरलाई अामन्त्रण !
इमरान खानको सपथग्रहण समारोहमा भारतिय पूर्व क्रिकेटरलाई अामन्त्रण !
स्वीस सरकारद्वारा दुई अर्ब दश करोड अनुदान
स्वीस सरकारद्वारा दुई अर्ब दश करोड अनुदान
नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा
नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा
बर्दियाको बढैयातालमा गाेली चल्याे
बर्दियाको बढैयातालमा गाेली चल्याे
पुर्वाधार विकासमा नयाँ फड्को: झापाको रतुवा खोलामा अत्याधुनिक ‘ल्याण्डमार्क’ पुलको ५० प्रतिशत काम सम्पन्न
पुर्वाधार विकासमा नयाँ फड्को: झापाको रतुवा खोलामा अत्याधुनिक ‘ल्याण्डमार्क’ पुलको ५० प्रतिशत काम सम्पन्न
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल