उपेन्द्र महतोले भने : ‘नेपालबाट एक डलर पनि विदेश लिएर गएको छैन’

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
उपेन्द्र महतोले भने : ‘नेपालबाट एक डलर पनि विदेश लिएर गएको छैन’

सारांश

  • काठमाडौं, ४ माघ ।
  • गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा.
  • उपेन्द्र महतोले विदेशमा लुकाउनका लागि आफूले नेपालबाट एक डलर पनि नलगेको स्पष्ट पारेका छन् ।

काठमाडौं, ४ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विदेशमा लुकाउनका लागि आफूले नेपालबाट एक डलर पनि नलगेको स्पष्ट पारेका छन् ।

खोज पत्रकारिता केन्द्रको केही दिन अघिको नेपालिक्समा विदेशमा अर्बौँ रुपैयाँ लुकाउने नेपालीमध्येको सूचीमा आफ्नो नाम पनि आएपछि महतोले शुक्रबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै विदेशमै कमाइ गरेको पैसा त्यतै जम्मा गरेको जिकिर गरेका हुन् ।

महतोले आफू लामो समयदेखि विदेशमा रहेका नेपालीको लगानी मातृभूमिमा ल्याउने काममा सक्रिय रहेको बताउँदै महतोले आफूले गरेको लगानी पनि विदेशबाटै ल्याएको बताएका छन् ।

‘मैले नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको हुँ र अझै ल्याउने दृढ संकल्प र समर्पणका साथ काम गरिरहेको छु’, महतोले भने, ‘मैले नेपालमा जे/जति लगानी गरेको छु, नेपालीकै नाताले लगानी गरेको छु । नेपालमा कुनै पनि परियोजनामा मैले विदेशीको नाताले लगानी गरेको छैन ।’

महतोले आफूले आजसम्म विदेशबाट जति लगानी ल्याए पनि नेपालबाट एक डलर पनि नलगेको पनि बताए । ‘न विदेशमा जम्मा गर्न न विदेशमा लगानी गर्नका लागि, न त रेमिट्यान्सका रुपमा नेपालबाट एक डलर पनि लिएर गएको छैन’, महतोले भनेका छन्, ‘म अन्तर्राष्ट्रिय व्यापार–व्यवसायमा छु । म व्यवसायमा भएको हुनाले मेरो परिवार खासगरेर भाई डा. विरेन्द्र प्रसाद महतो र बहिनी जुली कुमारी महतोको नाम जोडिदिँदा मलाई दुःख लागेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रोस्टेट ग्रन्थीको कारणले पिसाब नलीलाई साँघुरो बनाउने सम्भावना
प्रोस्टेट ग्रन्थीको कारणले पिसाब नलीलाई साँघुरो बनाउने सम्भावना
छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रम ओली
छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रम ओली
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
एक सय गोही राप्तीमा छाडियो, गाेहीकाे संख्या कति ?
एक सय गोही राप्तीमा छाडियो, गाेहीकाे संख्या कति ?
झापा  जिल्लका सबै क्षैत्रको पछिल्लो अपडेट
झापा जिल्लका सबै क्षैत्रको पछिल्लो अपडेट
पृथ्वीलाई सुरक्षित राख्दै भावी पुस्ताका लागि जोगाउन आह्वान
पृथ्वीलाई सुरक्षित राख्दै भावी पुस्ताका लागि जोगाउन आह्वान
गुच्चा खेल्ने दौंतरी भेट्दा रसाए प्रचण्डका आँखा
गुच्चा खेल्ने दौंतरी भेट्दा रसाए प्रचण्डका आँखा
अबको प्रधानमन्त्री ओली र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड
अबको प्रधानमन्त्री ओली र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग

तपाईंले छुटाउनुभयो कि?