पत्नी भेट्न विश्वकपबाट सुटुक्क लण्डन पुगे बिराट कोहली
सारांश
- आईसीसी विश्वकपमा व्यस्त विराट कोहली समय निकालेर पत्नी अनुष्का शर्मालाई भेट्न लण्डन पुगेका छन् ।
- उनले केही घण्टा अनुष्कासँग बिताएर फेरि साउथेम्प्टन फर्किएका छन् ।
- २२ जुनमा भारत र अफगानिस्तानको खेल छ ।
आईसीसी विश्वकपमा व्यस्त विराट कोहली समय निकालेर पत्नी अनुष्का शर्मालाई भेट्न लण्डन पुगेका छन् । उनले केही घण्टा अनुष्कासँग बिताएर फेरि साउथेम्प्टन फर्किएका छन् । २२ जुनमा भारत र अफगानिस्तानको खेल छ । पाकिस्तानसँगको खेलपछि भारतको अहिलेसम्म कुनै पनि खेल भएको छैन । यहिबीचको समय सदुपयो गरी विराट पत्नीलाई भेट्न लण्डन पुगेका हुन् ।

अनुष्का लण्डनमा एक ब्राण्ड कमिटमेन्टका लागि त्यहाँ गएकी हुन् । त्यहाँको कार्यक्रम सकिएपछि अनुष्का बेल्जियमको राजधानी ब्रसेल्स जानेछिन् । बीसीसीआईको गाइडलायन्सका अनुसार वर्ल्डकपको समयमा क्रिकेटरहरुले आफ्नो पार्टनरसँग १५ दिनमात्र बस्न पाउँछन् । भारतीय मिडियाका अनुसार महिनाको अन्त्यसम्म अनुष्का विराटसँगै रहने बताइएको छ ।

यो पनि पढ्नुस्
डेविड वार्नर बने जारी विश्वकपमा दुई शतक प्रहार गर्ने चौथो खेलाडी
१२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बिहीबारको खेलमा अष्ट्रेलियाका ब्याट्म्यान डेविड वार्नरले बंगलादेश विरुद्ध शतक प्रहार गरेका छन्।
यस शतकसँगै उनी जारी विश्वकप क्रिकेटमा दुई शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन्। यसअघि वार्नरले पाकिस्तान विरुद्धको खेलमा पनि शतक प्रहार गरेका थिए।
इंग्ल्याण्डमा जारी १२ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दुई शतक प्रहार गर्ने अन्य खेलाडीमा बंगलादेशका शकिव अल हसन, भारतका रोहित शर्मा र इंग्ल्याण्डका जोय रुट रहेका छन्।
प्रतिक्रिया