भ्रष्टाचारमुक्त मुलुक बनाउन रानीतिक नेतृत्वनै सच्चिनुपर्छ : सभापति उपाध्याय

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १२, २०७४
|
|
५७ पटक हेरिएको
Shares
भ्रष्टाचारमुक्त मुलुक बनाउन रानीतिक नेतृत्वनै सच्चिनुपर्छ : सभापति उपाध्याय

सारांश

  • आचार्य प्रदीप बुटवल, १२ भदौ ।
  • व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका सभापति डोर प्रसाद उपाध्यायले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन रानीतिक नेतृत्वनै सच्चिनुपर्ने बताएका छन् ।
  • साना देखी ठुला बिकास आयोजनाहरुमा कतै न कतै र कुनै न कुनै किसिमले राजनीतिक दलका शिर्ष नेतृत्वको संलग्नता हुने गरेको भन्दै उनले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन रानीतिक नेतृत्वनै सच्चिनुपर्ने बिचार व्यक्त गरे ।

आचार्य प्रदीप
बुटवल, १२ भदौ । व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका सभापति डोर प्रसाद उपाध्यायले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन रानीतिक नेतृत्वनै सच्चिनुपर्ने बताएका छन् ।

साना देखी ठुला बिकास आयोजनाहरुमा कतै न कतै र कुनै न कुनै किसिमले राजनीतिक दलका शिर्ष नेतृत्वको संलग्नता हुने गरेको भन्दै उनले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन रानीतिक नेतृत्वनै सच्चिनुपर्ने बिचार व्यक्त गरे ।रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सभापति उपाध्यायले राजनीतिक तथा कर्मचारी संयन्त्रको पुरानो नेतृत्व बिस्थापन नगरे सम्म भ्रष्टाचार नियन्त्रण हुन नसक्ने बताए । आर्थिक अनियमितताको बिषयमा सार्वजनिक लेखा समितिले गरेको छानबिनमा कुनै न कुनै किसिमले राजनीतिक नेतृत्वको संलग्नता देखिएको बताउदै उनले शुसासनको मुख्य बाधक राजनीतिक नेतृत्वनै भएको दाबी गरे ।

नेपालमा नीतिगत रुपमै भ्रष्टाचार हुने गरेको बताउदै सभापति उपाध्यायले भ्रष्ट कर्मचारी र राजनीतिक नेतृत्वको मिलेमतोमा बजेट निर्माण,योजना छनौट,ठेकेदार छनौट हुदै बिकास निर्माणमा भ्रष्टाचार हुने गरेको जिकिर गरे ।नर्सिङ गाड,एनसेल,राजश्व छुट,आयल निगम जग्गा खरिद प्रकरणमा पनि राजनीतिक नेतृत्वको संलग्नता र संरक्षणमा आर्थिक अनियमितता भएको पाईएको तितो अनुभव आफुले गरेको स्मरण गर्दै उपाध्यायले अब पनि राजनीतिक नेतृत्व नसच्चिए मुलुकको बिकास सम्भव नहुने धारणा राखे ।
आयोजनाको समयावधि लम्ब्याएर लागत बढाउने र बाडीचुडी खाने प्रबत्ति हाबी भएको बताउदै उनले सार्वजनिक खरिद ऐन र ठेक्का प्रणलीमा समेत परिमार्जन गर्नुपर्ने आवस्यकता औल्याए ।
राष्ट्रिय गौरवको आयोजना रुपन्देहीको भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माण आयोजना र बुटवल बेलहिया ६ लेन व्यपारीक मार्ग आयोजना निर्माणमो ढिलाइ हुनुमा पनि राजनीतिक नेतत्व जिम्मेवार रहेको दाबी गरे ।
लेखा समितिले २१ वटा राष्ट्रिय गौरवको आयोजनाहरुको स्थलगत निरिक्षण गरी सातवटै प्रदेशमा सरोकारवाला निकयबिच आयोजनास्थलमै सार्वजनिक सुनुवाई गर्ने योजना बनाएको जानकारी दिदै सभापति उपाध्यायले भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माण आयोजना र बुटवल बेलहिया ६ लेन व्यपारीक मार्ग आयोजना निर्माणमा भएको ढिलाइबारे यही भदौको १९,२० र २१ गते आयोजनाको स्थलगत अनुगमन गर्नुकासाथै सार्वजनिक सुनुवाई गरिने बताए ।

नेपालको इतिहासमै पहिलो पटक व्यवस्थापिका संसद अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सिंहदरवार बाहिर रुपन्देहीमा बस्न लागेको उनले जानकारी दिए ।सिंहदरबारको अधिकार गाउँ गाउँमा पु¥याउने संघिय गणतन्त्र नेपालको संबिधान २०७२ को उदेश्यलाई साकार पार्न पनि यस किसिमको कार्यक्रम आयोजना गरिएको उनको भनाई थियो ।

५१ जनाको संख्यामा रहेको सार्वजनिक लेखा समितिका सदस्य सांसदहरु यही भदौ १९ गते बिहान रुपन्देही आउने र भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माण आयोजना र बुटवल बेलहिया ६ लेन व्यपारीक मार्ग आयोजनाको स्थलगत अनुगमन,सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबाको पहिरोको निरिक्षण गर्नुका साथै लुम्बिनी देखी तिलौराकोटको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको सभापति उपाध्यायले जानकारी दिए ।तिन दिने सो अवधिमा आयोजनाको स्थलगत अनुगमन गर्नुकासाथै सार्वजनिक सुनुवाई गर्ने र लेखा समितिको बैठक बसि सरकारलाई आवस्यक निर्देशन समेत दिने उनले बताए ।
क्लवका रुपन्देही अध्यक्ष प्रकाश खनालको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रमको सञ्चालन पत्रकार आचार्य प्रदिपले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?