पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ६, २०७६
|
|
३२ पटक हेरिएको
Shares
पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले मिडिया काउन्सिलसम्बन्धी विद्येयक जस्ताको त्यस्तै पारित नहुने भएको छ ।
  • तर, केही प्रावधानहरु हटाएर उक्त विद्येयक पारित गर्ने निश्कर्षमा प्रधानमन्त्री ओली पुगेका छन् ।
  • आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा विभागीय मन्त्री गोकुल प्रसाद बाँस्कोटासँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मिडिया काउन्सिलसम्बन्धी विद्येयक जस्ताको त्यस्तै पारित नहुने भएको छ । तर, केही प्रावधानहरु हटाएर उक्त विद्येयक पारित गर्ने निश्कर्षमा प्रधानमन्त्री ओली पुगेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा विभागीय मन्त्री गोकुल प्रसाद बाँस्कोटासँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।

विद्येयक संसदमा दर्ता नहुँदै पत्रकारहरु आन्दोलित भएका थिए । अहिलेपनि पत्रकारहरु देशव्यापी रुपमा आन्दोलित छन् । तर, प्रधानमन्त्री ओली भने यो विद्येयक कुनैपनि हालतमा फिर्ता नगर्ने निश्कर्षमा पुगेका छन् । ६ दिने लामो विदेश भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएर आएलगत्तै त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री ओलीले विद्येयक पारित हुने भन्दै पत्रकारहरुको आन्दोलनको कुनै तुक नभएको जिकिर गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?