पत्रकारलाई १० लाख रुपैयाँ जरिवाना हुने
सारांश
- काठमाडौं ।
- पत्रकारले आचारसंहिता उल्लंघन गरेमा १० लाख रुपैयाँ जरिवाना राखिएको छ ।
- पत्रकारले आचार–संहिता उल्लंघन गरी कसैको मर्यादा र प्रतिष्ठामा आँच पु-याउनेगरी समाचार प्रकाशनप्रसारण गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखेर विधेयक आएको हो ।
काठमाडौं । पत्रकारले आचारसंहिता उल्लंघन गरेमा १० लाख रुपैयाँ जरिवाना राखिएको छ । पत्रकारले आचार–संहिता उल्लंघन गरी कसैको मर्यादा र प्रतिष्ठामा आँच पु-याउनेगरी समाचार प्रकाशनप्रसारण गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखेर विधेयक आएको हो ।
काउन्सिलबाट जारी आचारसंहिता भन्दा विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेका कारण कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्याएको देखिए काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था विधेयकमा प्रस्तावित छ।
‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले पत्रकारलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गरेको हो। जाँचबुझ गर्दा कसैको मर्यादा र प्रतिष्ठामा आँच पु-याएको देखिएमा आमसञ्चार, प्रकाशक, सम्पादक, पत्रकार संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ’ विधेयकमा उल्लेख छ।
प्रकाशन वा प्रसारणका कारण कुनै व्यक्ति वा संस्थालाई क्षति पुगेको भए काउन्सिलले मनासिब क्षतिपूर्ति भराइदिन सक्नेगरी व्यवस्था गर्न लागिएको हो ।
प्रतिक्रिया