यी वरिष्ठ नेताले गरे नेकपाकाे सचिवालय बैठक बहिस्कार

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
यी वरिष्ठ नेताले गरे नेकपाकाे सचिवालय बैठक बहिस्कार

सारांश

  • काठमाडौं, २२ मंसिर ।
  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् ।
  • वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहस्कार गरेका हुन् ।

काठमाडौं, २२ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहस्कार गरेका हुन् । नेकपा सचिवालय बैठक अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो ।

तर, समयमै सुरु नभएको भन्दै नेताहरु हिँडेका हुन् । यसबारे सोध्दा प्रवक्ता श्रेष्ठले आफूले सँधै समयको पालना हुनु पर्नेमा जोड दिँदै आएको बताए । अरु कार्यक्रम र बैठकहरुमा निर्धारित समयमा पुग्ने र १५ मिनेटसम्म सुरु नभए हिड्ने गरेको भन्दै उनले भने, ‘आज पनि २० मिनेट कुरेँ । बैठक सुरु नभएपछि हिँडेको हुँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?