खहरे खोला खोल्न काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २६, २०८०
|
|
२१ पटक हेरिएको
Shares
खहरे खोला खोल्न काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति

सारांश

  • काठमाडौं ।
  • काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति भएको छ ।
  • दुबै पक्षबीच सहमति भएसँगै काठमाडौं महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति भएको छ ।

दुबै पक्षबीच सहमति भएसँगै काठमाडौं महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ ।

काठमाडौं महानगर– ७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न अहिले दुई वटा डोजर प्रयोग भइरहेको स्रोतले जानकारी दिएको छ ।

महानगरले बिहीबार नै सो क्षेत्रमा डोजर चलाउन खोजेको थियो । तर खोला खन्ने विषयमा बूढानीलकण्ठका जनप्रतिनिधि र स्थानीयले विरोध गरेपछि महानगरको टोली पछि हटेको थियो ।

शुक्रबार चावहिलस्थित नापी कार्यालयमा नक्सा सहित दुवै पक्षको उपस्थितिमा बसेको बैठकमा खहरे खोला खोल्ने विषयमा सहमति भएको हो ।

दुवै स्थानीय तहका प्रतिनिधिबीच धोबिखोलादेखि साततल्लेसम्मको खहरे खोलामा राखिएको ह्युमपाइप निकाल्ने सहमति भएको छ ।

हेर्नहोस् सहमतिपत्र

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?