वाम एकता : नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार
सारांश
- काठमाडौं, १७ पुस ।
- नेपाली राजनीतिमा महाभूकम्पको रुपमा लिइएको वाम एकताको कुरा “नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार” भन्ने नेपाली उखान चरितार्थ हुन थालेको छ ।
- निर्वाचनपछि पार्टी एकता नै गर्ने उद्घोषका साथ घोषणा गरिएको वाम गठबन्धनमा शक्ति संघर्ष र दुबै पार्टीका नेताहरुको व्यवस्थापनको पक्षले यस्तो स्थिति सिर्जना गरेको हो ।
काठमाडौं, १७ पुस । नेपाली राजनीतिमा महाभूकम्पको रुपमा लिइएको वाम एकताको कुरा “नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार” भन्ने नेपाली उखान चरितार्थ हुन थालेको छ । निर्वाचनपछि पार्टी एकता नै गर्ने उद्घोषका साथ घोषणा गरिएको वाम गठबन्धनमा शक्ति संघर्ष र दुबै पार्टीका नेताहरुको व्यवस्थापनको पक्षले यस्तो स्थिति सिर्जना गरेको हो ।
पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले–माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् ।
दुबै अध्यक्ष तहमा पार्टी एकतापछि नेताहरूको व्यवस्थापनका विषयमा सघन छलफल चलिरहेको थाहा भएको छ । एकतापछिको आफ्नो भूमिकाका विषयमा नेताका आआफ्नै इच्छा अभिव्यक्त हुन थालेका छन् ।
आसन्न वाम सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली बन्ने करिब सहमति भए पनि पार्टी एकतापछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधव नेपाललगायत नेताको व्यवस्थापनका विषयमा गठबन्धनले ठोस निर्णय लिन नसकेको समाचार आजको अन्नपुर्ण पोष्टले छापेको छ ।
दुवै पार्टीका अध्यक्ष कार्यकारी भूमिकामा रहने बताइए पनि अहिलेसम्म त्यस्तो मोडालिटीको ठोस खाका तयार भने भइसकेको छैन । समान कार्यकारी भूमिकामा रहने “भद्र सहमति” सहित पार्टी एकताको घोषणा गरिएको तर त्यस्तो भूमिकाको व्यवस्थापन मिलाउन नेताबीच गृहकार्य जारी छ ।
प्रतिक्रिया