स्कुटर र मोटरसाइकल जुधेपछि एकजनाको मृत्यु दुई घाइते
सारांश
- दमौली ।
- पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा शुक्रबार साँझ मोटरसाइकल र स्कुटर जुझ्दा मोटरसाइकल चालकको मृत्यु भएको अन्य दुईजना घाइते भएका छन् ।
- तनहुँ आँबुखैरेनी गाउँपालिका–४ मा भएको दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी एक्लेफाँटका २३ वर्षीय निकेश गुरुङको उपचारका क्रममा मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा शुक्रबार साँझ मोटरसाइकल र स्कुटर जुझ्दा मोटरसाइकल चालकको मृत्यु भएको अन्य दुईजना घाइते भएका छन् ।
तनहुँ आँबुखैरेनी गाउँपालिका–४ मा भएको दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी एक्लेफाँटका २३ वर्षीय निकेश गुरुङको उपचारका क्रममा मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकलमा सवार सोही ठाउँका २४ वर्षीय बुद्धिबहादुर गुरुङ र स्कुटर चालक आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटका २० वर्षीय नवीन थापा घाइते भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१५प २५६३ नंको मोटरसाइकल र अर्कोतर्फबाट आउँदै गरेको ग१३प ४१६४ नंको स्कुटर जुझ्दा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका निकेशको उपचारको क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको हो । घाइतेहरुको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया