परराष्ट्रमन्त्री ज्ञवाली र विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०७५
|
|
४० पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री ज्ञवाली र विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता

सारांश

  • न्यूयोर्क ।
  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा आयोजित भूपरिवेष्ठित विकासशील मुलुकहरूको बैठकमा भाग लिएका छन् ।
  • विश्वव्यापी मूल्य मान्यताका आधारमा अन्तर्राष्ट्रिय व्यापारमा अर्थपूर्ण सहभागिता उपलब्ध गराइ भूपरिवेष्ठित मुलुकले भोगेका समस्या र व्यापार घाटा कम गर्न सकिने बताएका छन् ।

न्यूयोर्क । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा आयोजित भूपरिवेष्ठित विकासशील मुलुकहरूको बैठकमा भाग लिएका छन् ।

विश्वव्यापी मूल्य मान्यताका आधारमा अन्तर्राष्ट्रिय व्यापारमा अर्थपूर्ण सहभागिता उपलब्ध गराइ भूपरिवेष्ठित मुलुकले भोगेका समस्या र व्यापार घाटा कम गर्न सकिने बताएका छन् । मन्त्ती ज्ञवालीले भूपरिवेष्ठित मुलुकको भाग्यलाई भूजडित मुलुकमा परिणत गर्न प्रयास अगाडि बढाउनुपर्नेमा जोड दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा अजरवैजानका विदेशमन्त्री एलमार मामादियारोभसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा उहाँहरूबीच दुईपक्षीय सम्बन्ध तथा बहुराष्ट्रिय मञ्चमा आपसी सहयोगका विषयमा छलफल भएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगले जनाएको छ । त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीले आयरल्याण्डका विदेशमन्त्री साइमन कोभेनीसँग भेटवार्ता गरे ।

भेटवार्तामा दुई मुलुकबीच व्यापार र लगानीका विषयका थप क्षेत्रहरू खोजी गर्ने र दुवै मुलुकका राम्रा अभ्यास साझेदारी गर्ने समझदारी बनेको जानकारी दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनको प्रस्तावले नियमित कार्यसूची प्रभावित !
उपनिर्वाचनको प्रस्तावले नियमित कार्यसूची प्रभावित !
बाँकी रहेका इस्लामिक स्टेटका लडाकूलाई टर्कीले समाप्त गर्छ – ट्रम्प
आज साउनको पहिलो सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज साउनको पहिलो सोमबार, कस्तो छ तपाईंको राशिफल?
फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री
फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री
नाइजेरिया फुटबल टिमका कप्तान: जस्ले बुबा भन्दा १ सय ८० मिलियन नाइजेरियन राेजे
नाइजेरिया फुटबल टिमका कप्तान: जस्ले बुबा भन्दा १ सय ८० मिलियन नाइजेरियन राेजे
शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत ग-योः प्रधानमन्त्री दाहाल
शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत ग-योः प्रधानमन्त्री दाहाल
कन्ट्रोल रुम र पाइलट बीच ‘मिस अन्डर स्ट्यान्डिङ’ वा ‘कम्युनिकेसन गेप’ जस्तो …
कन्ट्रोल रुम र पाइलट बीच ‘मिस अन्डर स्ट्यान्डिङ’ वा ‘कम्युनिकेसन गेप’ जस्तो …
नारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने
नारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने
खेलमा पस्ने वित्तिकै खेलाडी च्याम्पियन हुँदैन : प्रधानमन्त्री ओली
खेलमा पस्ने वित्तिकै खेलाडी च्याम्पियन हुँदैन : प्रधानमन्त्री ओली
मध्यवर्ती क्षेत्रको आवश्यकता छैन : सांसद बर्तौला
मध्यवर्ती क्षेत्रको आवश्यकता छैन : सांसद बर्तौला

तपाईंले छुटाउनुभयो कि?