पराजुलीमाथिको छानबिन सत्य र तथ्यगत रुपमा निर्णय हुने : गोविन्द केसी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
पराजुलीमाथिको छानबिन सत्य र तथ्यगत रुपमा निर्णय हुने : गोविन्द केसी

सारांश

  • काठमाडौं, पुस २७ ।
  • डा.
  • गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथिको छानबिन सत्य र तथ्यगत रुपमा निर्णय हुने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौं, पुस २७ । डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथिको छानबिन सत्य र तथ्यगत रुपमा निर्णय हुने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै आमरण अनसनरत डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायिक छानविनको दायरामा ल्याएकोमा प्रशंसा गरे ।

आधारभुत योग्यता र नैतिकतामाथि गम्भीर प्रश्न उठेको र छानबिन न्यायिक प्रक्रियामा प्रवेश गरेको अवस्थामा पुराजलीले सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको भन्दै उनले भनेका छन्, ‘निज पदमा वहाल रहेसम्म ती मुद्दा निष्पक्ष रुपमा अगाडि नबढ्ने र न्याय सम्पादन प्रभावित हुने देखिन्छ ।’

केसीले सर्वोच्चको पछिल्लो आदेशले प्रधानन्यायाधीशको राजीनामाको मागलाई पुष्टि गरेको बताएका छन् ।

डा. केसीले आफ्ना अन्य माग पुरा नभएकाले आमरण अनसन जारी राख्ने पनि बताएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Min Kumar Tiwari

    बिचरा यो तुसारोको मौसममा बुदलै किन दुख देको होला पाखन्दिहरु

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?