सिल्क एयरले ल्यायो मध्यराती कोरोना प्रभावित देशबाट ९८ यात्रु, सबैलाई क्वारेन्टाइनमा राखियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ९, २०७६
|
|
४२ पटक हेरिएको
Shares
सिल्क एयरले ल्यायो मध्यराती कोरोना प्रभावित देशबाट ९८ यात्रु, सबैलाई क्वारेन्टाइनमा राखियो

सारांश

  • चैत ९, काठमाण्डौ ।
  • नेपाल सरकारको निर्णयविपरित काठमाण्डौ आइपुगेको जहाजका यात्रुलाई अन्ततः ओराल्न सरकार बाध्य भएको छ ।
  • अवतरण भएको करिब ४ घण्टापछि सिल्क एयरबाट काठमाडौं आएका ९८ जना यात्रुलाई विमानबाट बाहिर ल्याइएको हो।

चैत ९, काठमाण्डौ । नेपाल सरकारको निर्णयविपरित काठमाण्डौ आइपुगेको जहाजका यात्रुलाई अन्ततः ओराल्न सरकार बाध्य भएको छ । अवतरण भएको करिब ४ घण्टापछि सिल्क एयरबाट काठमाडौं आएका ९८ जना यात्रुलाई विमानबाट बाहिर ल्याइएको हो।

कोरोना भाइरस संक्रमणको शंकामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले अवतरण भएको जहाजबाट यात्रु झर्न रोके पनि यात्रुहरूले जहाजभित्रै आन्दोलन गर्न थालेपछि उनीहरूलाई बाहिर ल्याइएको हो।

उनीहरुको स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा पठाइएको छ । विमानस्थल प्रशासनका अनुसार मध्यराति १२ बजेपछि जहाजका यात्रुको स्वास्थ्य परीक्षण थालिएको थियो । स्वास्थ्य परीक्षणपछि उनीहरूको अध्यागमन जाँचपासको प्रक्रिया अघि बढाइएको थियो ।

उक्त जहाज शनिवार बेलुकी ८ः३५ मा विमानस्थल अवतरण गरेको थियो । जहाजभित्र रहेका यात्रुहरू कोरोनाको उच्च संक्रमण भएका मुलुकहरूबाट आएको आशंकामा विमानबाट बाहिर ल्याउने अनुमति दिइएको थिएन ।

विमानभित्र १ जना अष्ट्रेलियन र ९७ जना नेपाली नागरिक छन् । उनीहरू विभिन्न देश हुँदै सिल्क एयरबाट काठमाडौं आएका थिए ।

विमानभित्र रहेका यात्रुलाई बाहिर ल्याइए पनि काठमाडौंबाट सिंगापुर जान लागेका १६० जना यात्रुको उडान भने रोकिएको छ । काठमाडौं सिंगापुर उडान रद्द गरिएको हो ।

सोही हवाईजहाजबाट सिंगापुर जानका लागि १६० जना यात्रुहरुले बोर्डिङ पाससमेत लिएका थिए । उनीहरुले पनि केहीबेर विमानस्थलमा होहल्ला गरेका थिए । तर उनीहरुलाई होटलमा लगेर राखिएको छ ।

सरकारले यसअघि विभिन्न मुलुकबाट आएका ६१ जनालाई शनिबार साँझ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखेको थियो ।

सरकारले यसअघि नै चैत ९ अर्थात आइतबारबाट चैत १८ गतेसम्मका लागि अन्तराष्ट्रिय उडान बन्द गर्ने घोषणा गरिसकेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसियन क्लब प्रिमियर लिग : नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हरायो
एसियन क्लब प्रिमियर लिग : नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हरायो
कोशी प्रदेशसभा विनियोजन विधेयक बहुमतले पारित
कोशी प्रदेशसभा विनियोजन विधेयक बहुमतले पारित
सिके राउतले जेलबाट गृह मन्त्रिलाई लेखेको पत्र
मुख्यमन्त्री शाह भन्छन् :  सरकारले छिट्टै पूर्णता पाउँछ
मुख्यमन्त्री शाह भन्छन् : सरकारले छिट्टै पूर्णता पाउँछ
एमाले शीर्षनेता को कति सुरक्षित ?
एमाले शीर्षनेता को कति सुरक्षित ?
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %
सिंहदरबारभित्रै मृत भेटिए योजना आयोगका कर्मचारी
सिंहदरबारभित्रै मृत भेटिए योजना आयोगका कर्मचारी
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९ कट्यो (मृतकको विवरणसहित)
प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा
प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा
सभामुखले नेपाली क्रिकेट टिमलाई भने, “तपाईंहरुको दक्षताले हामी जित्छौं, देश जित्छ”
सभामुखले नेपाली क्रिकेट टिमलाई भने, “तपाईंहरुको दक्षताले हामी जित्छौं, देश जित्छ”