प्रशिद्ध धार्मिक स्थल मोदीवेणीधाममा पञ्चमुखी शिवलिङ्ग स्थापना !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
प्रशिद्ध धार्मिक स्थल मोदीवेणीधाममा पञ्चमुखी शिवलिङ्ग स्थापना !

सारांश

  • पर्वत, २४ साउन ।
  • पर्वतको प्रशिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रूपमा परिचित मोदीवेणीमा आन्तरिक तथा बाह्य पर्यटक र तीर्थालुलाई आकर्षण गर्न शिवलिङ्गको चौघेरो प्रतिस्थापन गरिएको छ ।
  • पवित्र कालीगण्डकी र मोदीवेणीको संगमस्थलमा आउने आन्तरिक धार्मिक पर्यटकलाई यस क्षेत्रको महत्व झल्काउन ६४ वटा पञ्चमुखी शिवलिङ्गको चौघेरो निर्माण गरिएको हो ।

पर्वत, २४ साउन । पर्वतको प्रशिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रूपमा परिचित मोदीवेणीमा आन्तरिक तथा बाह्य पर्यटक र तीर्थालुलाई आकर्षण गर्न शिवलिङ्गको चौघेरो प्रतिस्थापन गरिएको छ । पवित्र कालीगण्डकी र मोदीवेणीको संगमस्थलमा आउने आन्तरिक धार्मिक पर्यटकलाई यस क्षेत्रको महत्व झल्काउन ६४ वटा पञ्चमुखी शिवलिङ्गको चौघेरो निर्माण गरिएको हो । मोदीवेणी धार्मिक तथा पर्यटकीय विकास समितिले सो शिवलिङ्गको चौघेरो निर्माण गरेको हो । नृसिंह मन्दिर परिसरमा बनाइएको शिवलिङ्गमा स्थानीय एवं मोदीवेणी दर्शनका लागि आउने तीर्थालुको सहयोगमा करीब रु १५ लाख लगानीमा एकै मण्डपमा चौघेरो बनाइएको हो । अघिल्लो असोजमा गरिएको सामूहिक श्राद्धमा दाताले गरेको दानबाट चौघेरो बनाउन सम्भव भएको समितिका अध्यक्ष गोपालदास वैरागीले जानकारी दिए।

६४ शिवलिङ्ग रु नौ लाख ६० हजारमा खरिद गरी ल्याइएको समिति सदस्य युवनाथ गौंडेल रेग्मीले बताए । सोह्रश्राद्धमा दानबापत प्राप्त भएको रु ६० हजार, कुश्मा–५ को रु ५० हजार र अन्य सहयोगी तथा समितिले व्यहोर्ने गरी निर्माण सम्पन्न हुने चरणमा रहेको समितिले जनाएको छ । कुश्मा–५ मा कालीगण्डकी र मोदीखोलाको संगमस्थलमा रहेको मोदीवेणीमा प्राकृतिक र धार्मिक दुवै प्रकारले आकर्षित बन्दै गएपछि समिति र स्थानीय सरकारको चासो बढ्न थालेको हो । समितिले दुई वर्षअघि निर्माण गरेको व्यवस्थित वृद्धाश्रममा अहिले २६ ज्येष्ठ नागरिकले आश्रय लिँदै आएका छन् । वृद्धाश्रम ०६६ देखि सञ्चालन भए पनि दुई वर्षअघि दाताको सहयोगमा आश्रम व्यवस्थित गरिएको हो ।

मोदीवेणीमा साउने सोमबार, एकादशी, बालाचतुदर्शीलगायत पर्वमा टाढा–टाढाबाट तीर्थालु आउने गरेका छन् । मोदीवेणी बागलुङ, पर्वत र स्याङ्जाको समेत सामूहिक घाटको रूपमा रहेको छ । समितिले ०७३ मा १०८ गौमुखेधारा र ११२ तुलसीका मठ निर्माण गरेको छ । यहाँ चाडवाडमा महापुराण, यज्ञ, भजनकीर्तन र सामूहिक पूजाआजालगायत धार्मिक गतिविधि हुँदै आएका छन । दैनिकजसो करीब २०० धार्मिक पर्यटक पुग्ने मोदीवेणी जान कुश्मादेखि करीब एक किलोमिटर ढलान गरिएको सिँढीसहितको पैदलमार्ग बनाइएको छ । कालीगण्डकीमा स्नान गर्न, नृसिंह मन्दिर दर्शन र सामूहिक घाटसमेत रहेकाले पिण्डदान, तर्पण श्राद्ध र दाहसंस्कारका लागि विभिन्न ठाउँबाट सर्वसाधारण आउने गरेका छन् ।

सोह्रश्राद्धमा मुक्तिनाथ पुग्न नसक्ने पितृ उद्धारका लागि मोदीवेणीमै पिण्डदान गरे मुक्ति पाउने विश्वास गर्छन् । नेपालकै अग्ला कुश्मा–कैया र कुश्मा–मुडिकुवा झोलुङ्गे पुल हेर्न आउने पर्यटक पनि पछिल्लो समय मोदीवेणीमा पुग्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
सुष्मा स्वराज चढेको विमान हराएपछि…
सुष्मा स्वराज चढेको विमान हराएपछि…
यस्तो रहेछ उपकुलपति प्राडा कोइरालालाई एयरपोर्टबाट प्रहरीले उठाउनुको भित्री रहस्य
यस्तो रहेछ उपकुलपति प्राडा कोइरालालाई एयरपोर्टबाट प्रहरीले उठाउनुको भित्री रहस्य
सिडियोहरुको सरुवा
सिडियोहरुको सरुवा
आत्मघाती गोलका बाबजुद रियललाई हराउँदै बार्सिलोनाको जीत
आत्मघाती गोलका बाबजुद रियललाई हराउँदै बार्सिलोनाको जीत
आज विश्वासको मत लिदै देउवा, देउवाको पक्ष र विपक्षमा कति सांसद पुग्लान् ?
‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना, तीन पाठकलाई रु २५ हजारले सम्मान
‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना, तीन पाठकलाई रु २५ हजारले सम्मान
प्रधानमन्त्री को चीन भ्रमणको टुंगो लाग्यो
प्रधानमन्त्री को चीन भ्रमणको टुंगो लाग्यो
‘झमक बहादुर’को ट्रेलर र रिलिज मिति सार्वजनिक
‘झमक बहादुर’को ट्रेलर र रिलिज मिति सार्वजनिक
सुजनको गृहकार्य हेर्ने अभिभावक सञ्चारमन्त्री
सुजनको गृहकार्य हेर्ने अभिभावक सञ्चारमन्त्री

तपाईंले छुटाउनुभयो कि?