निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन

सारांश

  • भक्तपुर, १५ असोज ।
  • गुप्तेश्वर महादेव संरक्षण समितिले ज्येष्ठ नागरिकको सेवा गर्न आजदेखि भक्तपुरमा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरेको छ ।
  • भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट वडा नं १ सिरुटार र ललितपुरको चाँगाथली गुप्तेश्वर बालकोट– २ स्थित गुप्तेश्वर महादेवमन्दिर परिसरमा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

भक्तपुर, १५ असोज । गुप्तेश्वर महादेव संरक्षण समितिले ज्येष्ठ नागरिकको सेवा गर्न आजदेखि भक्तपुरमा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरेको छ ।भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट वडा नं १ सिरुटार र ललितपुरको चाँगाथली गुप्तेश्वर बालकोट– २ स्थित गुप्तेश्वर महादेवमन्दिर परिसरमा केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको आज १००८ स्वामी रमानन्द गिरीले उद्घाटन गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकलाई सेवा, संरक्षण र धार्मिक प्रवचन आवश्यक रहेको बताएका छन् । कार्यक्रममा ६२ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । केन्द्रको संयोजक भाइकृष्ण श्रेष्ठले यस केन्द्रमा ज्येष्ठ नागरिकलाई दैनिक निःशुल्क रुपमा सेवा दिने बताए ।

उनले भने,“ज्येष्ठ नागरिकलाई दिन बिताउन कठिन हुँदै आएको छ, उनीहरुको आवश्यक चाहना पूरा गराउन र स्वास्थ्यमा टेवा पु¥याउन केन्द्र सञ्चालनमा ल्याएका हौ ।”बालकोट, सिरुटार र चाँगाथलीका नागरिकलाई आजबाट प्रत्येक दिन दिउँसो मन्दिर परिसरमा बस्ने, चिया तथा खाजा खाने, विभिन्न धार्मिक कार्यक्रम प्रवचन गर्ने, ध्यान तथा ज्ञानका कुरा सिकाउने उनले बताएका छन् । उनीहरुलाई प्रत्येक साताको तीन दिन अभ्यूदय स्वास्थ्यसेवा केन्द्रले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी रक्तचाप, मधुमेहलगायतका स्वास्थ्य परीक्षण एवं सेवा दिने संयोजक श्रेष्ठले जानकारी दिए ।

सेवा केन्द्र सञ्चालन गर्न मासिक रु ४० हजार खर्च हुने र हाल स्थानीय दाताबाट मासिक रु २५ हजार सङ्कलन भएको जनाइएको छ । साथै स्थानीय दाताबाट आवश्यक रकम सङ्कलन गरिने उनको भनाइ थियो ।कार्यक्रममा सभापति एवं गुप्तेश्वर महादेव संरक्षण समितिका अध्यक्ष शिवराम श्रेष्ठले ज्येष्ठ नागरिकका लागि आजबाट सञ्चालित सेवा केन्द्र निकै लाभदायी हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?