परीक्षाको तयारी र सञ्चालनमा सहजीकरण गर्न मन्त्रालयको अपिल

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १६, २०७५
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश नं २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को बाँकी रहेका विषयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
  • श्रृङ्खलावद्ध रुपमा प्रश्नपत्र बाहिरिएको सन्दर्भमा उत्पन्न परिस्थिति र सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रीको अनुरोधमा प्रदेश नं २ मा यही चैत २१ गतेसम्म सञ्चालन हुने सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गर्न मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ।
SEE-exam.jpg

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश नं २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को बाँकी रहेका विषयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

श्रृङ्खलावद्ध रुपमा प्रश्नपत्र बाहिरिएको सन्दर्भमा उत्पन्न परिस्थिति र सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रीको अनुरोधमा प्रदेश नं २ मा यही चैत २१ गतेसम्म सञ्चालन हुने सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गर्न मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ।
मन्त्रालयले प्रश्नपत्र बाहिरिएको सन्दर्भमा प्रश्नपत्रको सिलवन्दी र प्याकेटको सिलवन्दी परीक्षण गरिरहेको जनाउँदै स्थगित भएका परीक्षा यही चैत महिनाभित्रै गर्ने गरी सूचना प्रकाशित गरिने पनि सो मन्त्रालयले जनाएको छ ।

परीक्षा स्थगित हुँदा २६२ परीक्षा केन्द्रका ७० हजार ५६८ परीक्षार्थी प्रभावित भएको मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। अन्य प्रदेशमा सञ्चालन हुने र प्रदेश नं २ मा यही चैत २२ गतेका लागि तय भएको परीक्षा भने यथावत रुपमा सञ्चालन हुने जानकारी दिइयो।

मन्त्रालयले प्रश्नपत्रको सुरक्षा सतर्कता अपनाउन सबै जिल्ला परीक्षा समन्वय समितिलाई निर्देशन दिएको छ । प्रदेश नं २ अन्तर्गतका परीक्षा केन्द्रमा विज्ञान र सामाजिक अध्ययन विषयका प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परीक्षा सञ्चालन तथा व्यवस्थापन उच्चस्तरीय समितिको बैठकले उक्त निर्देशन दिएको हो । पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सो अप्रिय घटनालाई आपराधिक घटनाका रुपमा लिएर थप जिम्मेवार र संवेदनशील भई प्रदेश सरकार, स्थानीय तह, अभिभावक, विद्यार्थी सङ्गठन, शिक्षाप्रेमी, शिक्षक समुदायलगायतलाई परीक्षा तयारी र सञ्चालनमा सहजीकरण गर्न अपिल गरेका छन्।

उनले आगामी दिनको परीक्षाको तयारीमा जुटिराख्न सम्पूर्ण परीक्षार्थीलाई अनुरोधसमेत गरेका छन्। प्रदेश नं २ मा आज सञ्चालन भएको अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्नपत्र पनि परीक्षा अगावै बाहिरिएको घटनाको पुष्टि गर्दै उहाँले आजको परीक्षा स्थगित गरिएको र त्यसबाट परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई परेको गम्भीर असरप्रति दुःख व्यक्त गरे।

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएका कारण परीक्षाको तयारी गरेर बसेका विद्यार्थीलाई परेको मर्का, असुविधा र मनोवैज्ञानिक तनावप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको मन्त्री पोखरेलले बताउनुभयो । “अति गोप्यरुपमा निर्माण र छपाइ गरी परीक्षा केन्द्रसम्म पु¥याइने प्रश्नपत्रजस्तो अतिसंवेदनशील लाखौँ विद्यार्थीको भविष्यसग जोडिएको परीक्षा अगावै बाहिर ल्याएर कानूनको उल्लङ्घन गर्ने कार्यको घोर भत्र्सना गर्दछु”, उनले भने।

(https://www.sweetfixbaker.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?