एकतापछि अध्यक्ष प्रचण्ड भए, महासचिव को ? यस्तो छ रहस्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
एकतापछि अध्यक्ष प्रचण्ड भए, महासचिव को ? यस्तो छ रहस्य

सारांश

  • काठमाडौं, १३ पुस ।
  • गत मंसिर १० र २१ गते सम्पन्न भएको निर्वाचनले एमाले–माओवादी गठबन्धनलाई वहुमत प्राप्त भएको छ ।
  • जनताले एमाले–माओवादीको बिचार र घोषणापत्रको आधारमा बहुमत दिएका होईन भन्दा अन्यथा हुँदैन ।

काठमाडौं, १३ पुस । गत मंसिर १० र २१ गते सम्पन्न भएको निर्वाचनले एमाले–माओवादी गठबन्धनलाई वहुमत प्राप्त भएको छ । जनताले एमाले–माओवादीको बिचार र घोषणापत्रको आधारमा बहुमत दिएका होईन भन्दा अन्यथा हुँदैन ।

एमाले–माओवादीका कार्यकर्ताले चुनाव सकिएको एक हप्ताभित्र पार्टी एकिकरण हुन्छ भन्ने विश्वास गरेका थिए । करिब एक महिना पुग्नै लाग्दा पनि पार्टी एकताको बारेमा आधिकारिक तथ्य बाहिरएको छैन् । जुन कुराले गठबन्धनलाई भोट दिएका जनतामा निराशा छाएको सहज अनुमान गर्न सकिन्छ ।

बुधबार बालकोटमा अध्यक्षद्धयको भेटले तीनवटा निर्णय बाहिर ल्याएको छ । नयाँ सरकार गठन, पार्टी एकता र राष्ट्रिय सभाको गठन प्रक्रियालाई टुंगोमा पुर्याउने । नयाँ बन्ने सरकार र पार्टीको पद र जिम्मेवारी आलोपालोमा केन्द्रित भएको छ । पार्टी एकता पछि पनि किन आलोपालो भन्ने प्रश्न जता ततै उठ्न थालेको स्थिति छ । पाँच वर्षे स्थिर सरकार र पार्टी एकताको लागि भोट दिएका नेता कार्यकर्ता र जनताले एकताबाट पछि हट्न दिने अवस्था छैन् । यसैको आधारमा पनि नेताहरुको व्यवस्थापनमा पार्टी एकता फसेको देखिन्छ ।

नयाँ बन्ने सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली हुने पक्का छ । पार्टीको अध्यक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्भावना छ । एमालेको एउटा गुटले प्रचण्डलाई एकता पछिको पार्टी अध्यक्ष नस्वीकार्ने मनोविज्ञान बोकेका कारण पार्टी एकताको काम विलम्भ भएको छर्लङग छ ।

पार्टी अध्यक्ष पछिको शक्तिशाली पद महासचिव मानिन्छ । एमाले–माओवादीबीचको एकता पछिको महासचिव को बन्ला ? बन्ने चर्चा सामान्य रुपमा उठेपनि यस विषयले ठुलो स्थान पाउन सकेको छैन् ।

एक सुत्रका अनुसार पार्टी एकता पछिको महासचिव एमाले उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलमध्ये एकजना हुनेछन् । वरियता, पार्टीभित्र र बाहिर प्रभावशाली नेताको रुपमा कहलिएका रावलको सम्भावना बढेको देखिन्छ । रावल पटक–पटक मन्त्री भईसकेका छन् । ईश्वर पोखरेललाई गृहबाहेक उप-प्रधानमन्त्री सहित जुनसुकै मन्त्रालय दिने एमालेभित्र वहस सुरु भएको छ ।

किनकी एमालेभित्रको एउटा गुटको नेतृत्व गर्ने एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुने र अर्को गुटका भीम रावल पार्टी महासचिव हुने गृहकार्यमा जुटेको बुझिएको छ । सरकारको नेतृत्वलाई भागवण्डाको आधारमा हेर्ने हो भने ओली प्रधानमन्त्री भए माओवादीले गृहमन्त्रालयको जिम्मेवारी पाउने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा : पूर्वएमाले खरो, माओवादी नरम, बिहान ८ बजे नै स्थायी समिति बैठक
नेकपा : पूर्वएमाले खरो, माओवादी नरम, बिहान ८ बजे नै स्थायी समिति बैठक
चलचित्रकर्मीद्वारा आन्दोलनको चेतावनी
चलचित्रकर्मीद्वारा आन्दोलनको चेतावनी
जनप्रिय निर्णय गर्ने मनस्थितिमा प्रधानमन्त्री देउवा !
जनप्रिय निर्णय गर्ने मनस्थितिमा प्रधानमन्त्री देउवा !
मोदीको मुखैमा प्रचण्डले गरे बीजेपीका पूर्वसांसद आजादको कडा आलोचना
मोदीको मुखैमा प्रचण्डले गरे बीजेपीका पूर्वसांसद आजादको कडा आलोचना
नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित
नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित
एमालेले कसलाई बनाउला राष्ट्रपतिको उम्मेदवार! आज टुंगो लाग्ने
एमालेले कसलाई बनाउला राष्ट्रपतिको उम्मेदवार! आज टुंगो लाग्ने
मध्य सडकमा कपडा उतार्ने अभिनेत्री श्री रेड्डीले अभिनेतामाथि लगाइन गम्भीर आरोप
मध्य सडकमा कपडा उतार्ने अभिनेत्री श्री रेड्डीले अभिनेतामाथि लगाइन गम्भीर आरोप
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
सिलवाललाई तत्काल पक्राउ गर्न नहुने-एसएसपी रविन्द्र धानुक
देउवाद्धारा काग्रेसको केन्द्रीय सदस्यमा १० जना मनोनित
देउवाद्धारा काग्रेसको केन्द्रीय सदस्यमा १० जना मनोनित

तपाईंले छुटाउनुभयो कि?