उपराष्ट्रपति नन्दबहादुर पुन किन गए दाङतिर ?
सारांश
- काठमाडौंं, ३ फागुन ।
- उपराष्ट्रपति नन्दबहादुर पुन दाङतर्फ प्रस्थान गरेका छन् ।
- दाङको घोराहीमा आजदेखि शुरु हुने “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी २०७४” को समुद्घाटन गर्न उपराष्ट्रपति पुन दाङतर्फ प्रस्थान गरेका हुन् ।
काठमाडौंं, ३ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुन दाङतर्फ प्रस्थान गरेका छन् । दाङको घोराहीमा आजदेखि शुरु हुने “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी २०७४” को समुद्घाटन गर्न उपराष्ट्रपति पुन दाङतर्फ प्रस्थान गरेका हुन् ।
महोत्सवमा निगरानीका लागी महोत्सव परिसरमा भित्र र वाहीर गरि ९ वटा सि सी क्यामरा जडान गरीको महोत्सव मुल आयोजक समीतीले जनाएको छ। महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भु्सालले महोत्सव स्थलमा ९ वटा सीसी क्यामरा जडान गरी महोत्सवका हरेक गतीविधीलाइ सचिवालयमै वसरे निगरानी गरिने वताउनु भयो । । महोत्सव स्थललाइ सुरक्षीत व्यवस्थीत वनाउन पनी यस कीसीमको प्रविधीले सहयोग पुर्याउने वताउनु भयो विगतका महोत्सवहरुमा वाहीर वाट आएका व्यापारीक स्टलहरुमार्फत उपभोक्ताहरुलाइ कमसल र गुणस्तर सामान दिने गरेको गुनासो आउने गरेको प्रती यसपटक आयोजक समीती सजक रहेको वताउदै संयोजक भुसालले त्यस्ता गुणस्तरहिन सामाग्रीहरु विक्री वितरणका लागी नराखीने पनी वताउनु भयो । दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४को व्यापारीक र आर्थीक संकलन गर्ने उदेश्य नभइ स्थानीय उत्पादन र लघु उद्यमको प्रवद्र्धन तथा विकासका लागी भएको महोत्सव मुलआयोजक समीतीले जनाएको छ
यस वर्षको महोत्सवको नारा उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिभर मुखी अर्थतन्त्रको निकास दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४ भव्य रुपमा सफल पारौ तय गरिएको छ।
महोत्सवका अवसरमा दाङ जिल्लाको आर्थिक विकाससँग सम्बन्धित अन्तरक्रिया, यस क्षेत्रको पर्यटकीय स्थलहरुको अवलोकनका लागि प्याकेजको व्यवस्था, हेलिकप्टरबाट यस क्षेत्रको पर्यटकीय एवं धार्मिक स्थलहरुको अवलोकन , योग शिविर तथा धार्मिक प्रवचनको व्यवस्था गरिएको छ । नेपालको सबैभन्दा होची महिला ईश्वरीमाया छिनालसँग प्रत्यक्ष भेट, स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रदर्शनी, थारु, मगर, नेवार, मुस्लिम, यादव जातिको खानाको परिकार, जातीय पहिचान झल्काउने साँस्कृतिक नृत्य तथा झाँकीहरु, साँस्कृतिक कार्यक्रम स्थानीय तथा चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति, विषयगत विज्ञहरुबाट पर्र्यटन, कृषि पशुपालन, प्रशोधन, बजारीकरणका विषयमा जानकारी एवं प्रशिक्षण दिइने बताइएको छ । त्यसैगरी खुल्ला बाल कविता प्रतियोगिता, प्रदेशस्तरीय खुल्ला कविता प्रतियोगिता, प्रदेशस्तरीय खुल्ला गजल प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता लगायतका साहित्यिक कार्यक्रमहरु, जोडी नृत्य प्रतियोगिता, प्रदेशस्तरीय डोको लोकनृत्य प्रतियोगिता, सारङ्गीवादन प्रतियोगिता, ओम नमस्ते ट्रेडलिंक दंगाली तारा गायन प्रतियोगिता पनि महोत्सवमा राखिएका छन् ।
प्रत्येक दिन केन्द«ीय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने पनि आयोजक समितिले जनाएको छ । यसैगरी महोत्सवमा महिला उद्यमीहरुका लागि होजियारी, झोला बुनाइ, अल्लोसम्वन्धी तालीम, गुडिया बनाउने जस्ता विभिन्न किसिमका तालिमहरु पनि निःशुल्क रुपमा दिइने आयोजक समितिले जनाएको छ । यसैगरी बालउद्यानमा बालबालिकाका मनोरञ्जनका विभिन्न आइटमहरु समेत राखिएको छ ।
महोत्सवको अवलोकनका लागि विद्यार्थीहरुलाई ३० रुपैयाँ, अन्य व्यक्तिहरुका लागि ५० रुपैयाँको टिकट शुल्क निर्धारण गरिएको छ । यसपटक महोत्सवमा ४०० रुपैयाँको पेइङ टिकटको समेत व्यवस्था गरिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । उक्त रकमको टिकट लिने व्यक्तिलाई विशेष प्रकारको पासको व्यवस्था गरिने र उक्त पासले महोत्सव अवधिभर महोत्सवको अवलोकन गर्न पाइने व्यवस्था समेत गरिएको छ ।
प्रतिक्रिया