पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २, २०८०
|
|
२५ पटक हेरिएको
Shares
पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ

सारांश

  • चितवन ।
  • चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ ।
  • हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो ।

चितवन । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो ।

जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए । भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान थालिएको हो । यहाँ जङ्गल सफारीका लागि अत्यधिक पर्यटक आउने गरेका छन् ।

समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । विगत तीन वर्षदेखिको अध्ययन अहिले आएर पूरा भएको उनले बताए । प्याराग्लाइडिङमा एक सय २० किलो तौलभन्दा कम तौल भएकालाई मात्र उडान भर्न सकिने उनले जानकारी दिए ।

चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान सुरु गरिएको हो । कम्पनीका सञ्चालक शालिक दबाडीले पर्यटकका लागि नयाँ गन्तव्यको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ सुरु गरिएको बताए । यस क्षेत्रमा निकट भविष्यमा रोप साइक्लिङ, बन्जीजम्पजस्ता गतिविधि गर्ने योजना रहेको उनले बताए । उनले भने, ‘चौकीडाडाँमा चौकीडाँडा रिसोर्टसमेत निर्माण गरेर यहाँको पर्यटन प्रवद्र्धनमा काम गर्ने योजना छ ।’

विसं २०८० को सुरुआतीसँगै उडान सुरु गरिएको बताउँदै उनले चितवनको पर्यटन विकासमा टेवा पुग्ने बताए । यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उनले बताए । कम्पनीले उडानका लागि कविलास डाँडाबाट समेत अनुमति पाएको छ ।

प्याराग्लाडिङ उडानका लागि लाग्ने रु आठ हजार तोकिएकामा अहिले २५ प्रतिशत छुट दिएर रु छ हजार शुल्क लिइएको दबाडीले बताए । हाल नौवटा प्याराग्लाइडिङ उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान गर्न सकिने गरी तयारी गरिएको दबाडीले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला आउने पर्यटकका लागि फरक अनुभव लिने गरी भरतपुरमा प्याराग्लाइडिङ सुरु भएको बताउनुभयो । नेपाल आउने पर्यटकका लागि सबै खालका पर्यटक रमाउन सक्ने गरी भरतपुरमा पर्यटन प्रवद्र्धनको काम भइरहेको उनको भनाइ छ ।

सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन गइरहेको भन्दै उहाँले साहसी पर्यटनका लागि प्याराग्लाइडिङ उपयुक्त हुने बताए । उनले भने, ‘पर्यटकको बसाइ लम्ब्याउनका लागि यो प्याराग्लाइडिङ उपयोगी हुन्छ ।’ पर्यटनका हिसाबले भरतपुर महानगर देशको महत्वपूर्ण पालिकाको रूपमा विकास हुँदै गएको उनले बताए । भरतपुर महानगरपालिकामा सफारीका लागि आउने पर्यटकदेखि धार्मिक हुँदै साहसिक पर्यटकका लागि समेत यो नयाँ गन्तव्य बन्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायली हवाइ हमलामा पाँच वरिष्ठ इरानी सुरक्षा सल्लाहकारको मृत्यु
इजरायली हवाइ हमलामा पाँच वरिष्ठ इरानी सुरक्षा सल्लाहकारको मृत्यु
सभामुख नेकपाले राख्न उपसभामुखलाई राजीनामा गराउने तयारी!
सभामुख नेकपाले राख्न उपसभामुखलाई राजीनामा गराउने तयारी!
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
‘बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास’ मा सहभागी नहुन सेनालाई प्रम ओलीको निर्देशन
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्र माओवादी प्रवेश
एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्र माओवादी प्रवेश
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
काठमाडौँ उपत्यकामा पाँच हजारको पिसिआर नमूना सङ्कलन
काठमाडौँ उपत्यकामा पाँच हजारको पिसिआर नमूना सङ्कलन
सरकारकै निर्देशन टेदैनन् मेडिकल कलेज सञ्चालक, त्रिबि झन निरिह
सरकारकै निर्देशन टेदैनन् मेडिकल कलेज सञ्चालक, त्रिबि झन निरिह
आगो लगाएर हत्या गरेको आरोप
आगो लगाएर हत्या गरेको आरोप

तपाईंले छुटाउनुभयो कि?