पीडित सास्तीमै, राहत रकम फ्रिज
सारांश
- तीन वर्षअघि बाढीपहिरोले विस्थापित भएर गिरीघाट अस्थायी शिविरमा बस्दै आएका नरेन्द्र खत्रीले असारको दोस्रो साता जग्गा खरिदका लागि ५० हजार रुपैयाँ प्राप्त गरे ।
- उनी अहिले जग्गाको खोजीमा छन् ।
- जग्गा किनेर सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको डिभिजन कार्यालय सुर्खेतलाई लालपुर्जा दिएपछि मात्रै उनले घर बनाउन ५० हजार रुपैयाँ पाउँछन् ।
तीन वर्षअघि बाढीपहिरोले विस्थापित भएर गिरीघाट अस्थायी शिविरमा बस्दै आएका नरेन्द्र खत्रीले असारको दोस्रो साता जग्गा खरिदका लागि ५० हजार रुपैयाँ प्राप्त गरे । उनी अहिले जग्गाको खोजीमा छन् । जग्गा किनेर सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको डिभिजन कार्यालय सुर्खेतलाई लालपुर्जा दिएपछि मात्रै उनले घर बनाउन ५० हजार रुपैयाँ पाउँछन् । नागरिक दैनिकमा खबर छापिएको छ ।
‘५० हजारको जग्गा खोज्न थालेको एक साता हुन थाल्यो,अहिलेसम्म पाएको छैन,’ खत्रीले भने, ‘कार्यालयले चाँडो जग्गा किनेर लालपुर्जा ल्याउनु भनिरहेको छ ।’
सरकारले गत चैतमा सुर्खेतसहित बर्दिया, बाँके, दाङ र सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई भूकम्पपीडित सरह राहत वितरण गर्ने निर्णय गरेकोमा पीडितका लागि पैसा भने जेठमा पठाएको थियो ।
सुर्खेतका नौ सय ७० बाढीपीडितका लागि १० करोड २३ लाख रुपैयाँ आएको छ । आर्थिक वर्ष सकिनै लाग्दा आएको यो बजेट पीडितसम्म नपुगेर फ्रिज हुने अवस्था छ ।
प्रतिक्रिया