पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला हुने

सारांश

  • काठमाडौँ, १५ भदौ ।
  • नेपाल–भारत दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको उपलक्ष्यमा यही भदौ १८ देखि २० गतेसम्म पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला हुने भएको छ ।
  • नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा नेपालस्थित भारतीय राजदूतावास र पश्चिम बंगाल उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सोल्टी होटलमा पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला हुन लागेको हो ।

काठमाडौँ, १५ भदौ । नेपाल–भारत दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको उपलक्ष्यमा यही भदौ १८ देखि २० गतेसम्म पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा नेपालस्थित भारतीय राजदूतावास र पश्चिम बंगाल उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सोल्टी होटलमा पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला हुन लागेको हो ।

नेपालस्थित भारतीय राजदूतावासले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा राजदूतावासका कार्यबाहक राजदूत डा अजय कुमारले नेपाल–भारत दौत्य सम्बन्धको ७०औँ वर्ष पुगेको अवसरमा दुवै देशको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय, सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउनका लागि मेलाको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

“मेलाले नेपाल र भारतका उद्यमी व्यवसायी एक ठाउँमा भेला भएर आपसी आर्थिक तथा व्यवसायी सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ”, कावा राजदूत कुमारले भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले पश्चिम बंगालका व्यवसायीलाई नेपालमा आएर लगानी गर्न सक्ने वातावरण निर्माण गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
“पश्चिम बंगालबाट आउने व्यवसायीले नेपालमा होटल, शिक्षा, फिल्म, स्टिल उद्योग, कृषि, कफीलगायतका क्षेत्रमा चासो देखाएका छन् यो मेलाले उक्त चासोको सम्बोधन गर्नेछ”, अध्यक्ष राणाले भन्नुभयो ।

आगामी दिनमा भारतीय सीमावर्ती शहर उत्तर प्रदेश, विहार, उत्तराखण्डलगायतका ठाउँमा यस्ता कार्यक्रम गर्दै जाने दूतावासले जनाएको छ ।

(www.newportworldresorts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?