‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
सारांश
- काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा अघि सारिएको संविधान संशोधनको माग नेपालीको नभएको बताएका छन्।
- एमाले पार्टी केन्द्रीय स्कुल विभागले प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीका लागि दिएको पाँचदिने प्रशिक्षक प्रशिक्षणको यहाँ बिहीबार समापन गर्दै नेता ओलीले संविधान कार्यान्वयन र निर्वाचनमा ओझेल पार्ने र नेपालीको समृद्धिको यात्रालाई रोक्न संशोधनको माग आएको बताए।
- उनले भने– ‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट ?
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा अघि सारिएको संविधान संशोधनको माग नेपालीको नभएको बताएका छन्।
एमाले पार्टी केन्द्रीय स्कुल विभागले प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीका लागि दिएको पाँचदिने प्रशिक्षक प्रशिक्षणको यहाँ बिहीबार समापन गर्दै नेता ओलीले संविधान कार्यान्वयन र निर्वाचनमा ओझेल पार्ने र नेपालीको समृद्धिको यात्रालाई रोक्न संशोधनको माग आएको बताए।
उनले भने– ‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट ? हामीले संविधान जारी गर्दा नै २ नम्बर प्रदेशमा एक प्रकारको सम्झौता भइसकेको छ । अब संशोधनको आवश्यकता छैन । नेपालीलाई अल्मल्याउन, एकपछि अर्काे गर्दै फसाउन सकिन्छ भनेर सोच्नु ठीक होइन ।’
वैवाहिक नागरिकताका सम्बन्धमा खुकुलो प्रावधान रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले संशोधन गर्ने हो भने त्यसलाई कडाइ हुनसक्ने तर्क गर्दै देशलाई गम्भीर नोक्सान नहुने ठाउँमा मात्र आफ्नो दलले सहमति दिने बताए।
आफ्नो नेतृत्वको सरकार हुँदा समृद्धिका प्रयास थालनी गर्दा अनुचित हस्तक्षेप गरेर सत्ता परिवर्तन गरिएको गुनासो गर्दै उनले नेपाली जनताका मूर्छित सपनालाई ओइलाउन नदिने कामलाई जनताको बहुदलीय जनवादको जगमा जारी राखिने बताए।
एमाले स्कुल विभागका उपप्रमुख शङ्कर पोखरेलले प्रशिक्षणका कार्यलाई पार्टी पङ्क्तिमा थप विस्तार गरिने जानकारी दिए।
समाचार श्रोत: नागरिका दैनिक
प्रतिक्रिया