३३ किलो सुन प्रकरण : अवकाे अनुसन्धान राजनीतिक नेतृत्वतर्फ !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
३३ किलो सुन प्रकरण : अवकाे अनुसन्धान राजनीतिक नेतृत्वतर्फ !

सारांश

  • काठमाडौँ, १८ वैशाख ।
  • सुनकाण्डले प्रहरीभित्र खैलाबैला भए पनि राजनीतिमा भने यसले खासै प्रभाव पार्न नसकेको भन्दै गृह मन्त्रालयले राजनीतिक ‘कनेक्सन’ खोज्न थालेको छ ।
  • गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा बनेको समितिले पूर्वआईजीपीहरूलाई पनि शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको बेला समितिको ध्यान राजनीतिक ‘कनेक्सन’ तर्फ मोडिएको हो ।

काठमाडौँ, १८ वैशाख । सुनकाण्डले प्रहरीभित्र खैलाबैला भए पनि राजनीतिमा भने यसले खासै प्रभाव पार्न नसकेको भन्दै गृह मन्त्रालयले राजनीतिक ‘कनेक्सन’ खोज्न थालेको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा बनेको समितिले पूर्वआईजीपीहरूलाई पनि शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको बेला समितिको ध्यान राजनीतिक ‘कनेक्सन’ तर्फ मोडिएको हो ।

नेपालमा सुनकाण्ड नौलो होइन, धेरै अघिदेखि भारतलाई लक्षित गरी नेपालबाट सुन तस्करी गर्ने कार्य हुँदै आएको थियो । २०४६ सालपछि सरकार ढाल्ने र बनाउने क्रममा सांसदहरू किनबेच गर्ने काममा पनि तस्करहरूले एमाले नेता वामदेव गौतम, रवीन्द्रनाथ शर्मालगायतलाई प्रयोग गर्दै आएका थिए । तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षक नै मिली सुन तस्करी गर्ने प्रचलन नै बनेको थियो ।
तत्कालीन समयमा लोकमानसिंह कार्की भन्सार प्रमुख, वामदेव गौतम गृहमन्त्री हुँदा दुर्जकुमार राई र रविराज श्रेष्ठले चढेको गाडी एयरपोर्टमा सुन बोक्न नसकेर पञ्चर भएको किस्सा कायमै छ । सुन तस्करीमा प्रहरीको माथिल्लो निकाय नमिली सम्भव नै हुँदैन । जुनसुकै नाकाबाट ल्याइए पनि प्रहरी नमिलाएसम्म सुन आउने सम्भावना न्यून रहन्छ र जसले ठूलो लगानी गरी सुन तस्करी गर्छ, उसले प्रहरी र राजनीतिक नेतृत्व नमिलाई त्यति ठूलो जोखिम लिनै सक्दैन । कतिपय सुन बरामद गरी बीचैमा गायब गरिदिएको थुप्रै घटनाहरू पनि छन् ।

गत माघ ९ गते एयरपोर्टबाट भित्रिएपछि गायब भएको ३३ किलो सुनमा अवकाशप्राप्त आईजीहरूसमेतका प्रहरी अधिकृतको नाम शंकाको घेरामा राखिएको बुझिएको छ । सानातिना परिमाणका सुन तस्करी गर्ने र पक्राउ गरेपछि डर त्रासमा पारी पचाइदिने प्रक्रिया पनि धेरै सुनिँदै गरेको हो । केही समयअघि पूर्वडीआईजी नवराज सिलवालले ३४ किलो सुन समाउँदा ठूलै खैलाबैला भयो । तस्करहरूले फोन गरेरै उनलाई भनेका थिए– ‘तलाई कुनै पनि हालतमा आईजीपी हुन दिँदैनौं ।’ उनी आईजीपी हुन नपाउनुको एउटा कारण यो पनि भएको बताइन्छ । अहिले गायब भएको ३३ किलो सुन तथा सनम शाक्य हत्या काण्डको छानबिनका क्रममा हप्तामा ९५ केजीदेखि १५० केजीसम्म सुन तस्करी हुने गरेको तथ्यांक बाहिर आएको छ । जसको छानबिनमा गृह मन्त्रालय नै लागेको छ ।

गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक रूपमा टनका टन सुन तस्करी हुन्छ भन्ने अभिव्यक्ति दिएपछि यसमा खोजबिन गर्न मन्त्रालय आफैं लागेको हो । किनकि गृहमन्त्रीले नै सार्वजनिक रूपमा भनिसकेपछि सुन तस्करी हुन्छ भन्ने कुरा प्रमाणित नै भएको मान्नुपर्छ । हालको ३३ किलो सुन प्रकरणमा तीनजनाको मृत्युसमेत भइसकेको छ । यो सुनकाण्ड वास्तवमा के हो रु कसले लगानी गरेको थियो रु उक्त सुन भित्राउन क–कसले सहयोग गरे ? र, मृत्यु भएका व्यक्तिहरूको पछाडि को को छन् ? यो रहस्यमय कुरा अब पर्दाफास हुने अपेक्षा गरिएको छ ।

तस्करीको मुख्य नाइके चुडामणि उप्रेती गोरेको हैसियत सबै पक्षले चासोसँग हेरिरहेका छन ।
यो काण्ड नयाँ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका लागि परीक्षा हो । जतिसुकै कुनै प्रहरी अधिकृत राम्रो भनिए पनि वास्तवमा उनी कस्ता छन् भन्ने कुरा कामले मात्र प्रमाणित हुनसक्छ तरूण खवरले लेखेकाे छ । यदि सर्वेन्द्र खनालले यो ३३ किलो सुनकाण्ड यसको पछाडिको हत्या प्रकरणलाई वास्तविक रूपमा उजागर गर्न सके भने उनीमाथि मात्र होइन, प्रहरी संगठनमै जनविश्वास बढ्नेछ । काण्डका पछाडि प्रहरीहरू पनि छन् भन्ने कुरा आमसञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ ।

यो घटनालाई राम्रोसँग छानबिन गर्न नसके यो आरोपको औँला आईजीपी खनालपट्टि पनि फर्कन सक्छ । सुनकाण्ड तबसम्म भइनै रहनेछ, जबसम्म प्रहरीहरूले यस कार्यमा साथ दिनेछन् । हाल यो ३३ किलो सुन तस्करी प्रकरणमा तीनजना प्रहरी अधिकृतहरू एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ । पूर्वडीआइजी गोविन्द निरौला, बहालवाला एसपी विकासराज खनाल प्रहरी कस्टडीमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४०० पुरुषले पनि यी महिलालाई साँचो माया दिन नसकेपछि…
४०० पुरुषले पनि यी महिलालाई साँचो माया दिन नसकेपछि…
नाटक ‘श्रीमान् वीरबहादुर’ : महिलामाथिको हेयभावप्रति तीखो व्यङ्ग्य
नाटक ‘श्रीमान् वीरबहादुर’ : महिलामाथिको हेयभावप्रति तीखो व्यङ्ग्य
ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द
ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द
बाजुरामा भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु
बाजुरामा भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु
कांग्रेस बैठकमा आज ३४ जना केन्द्रीय सदस्यको धारणा व्यक्त
कांग्रेस बैठकमा आज ३४ जना केन्द्रीय सदस्यको धारणा व्यक्त
संदिग्ध व्यक्ति झुण्डिएको अवस्थामा भेटिए
संदिग्ध व्यक्ति झुण्डिएको अवस्थामा भेटिए
स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द
स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द
इतिहासमा आज उत्तर र दक्षिण कोरियाबीच पहिलोपटक शान्तिवार्ता भएको दिन
विद्यालयमा विद्यार्थीहरूलाई महिलाहरूको नग्न तस्वीर देखाएपछि बबाल
विद्यालयमा विद्यार्थीहरूलाई महिलाहरूको नग्न तस्वीर देखाएपछि बबाल
कलर गरिएको कपाल घामबाट कसरी बचाउने ?
कलर गरिएको कपाल घामबाट कसरी बचाउने ?

तपाईंले छुटाउनुभयो कि?