काठमाडौंका सचेत जनताले एमालेलाई भोट हाल्छन् : अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १५, २०७९
|
|
३३ पटक हेरिएको
Shares
काठमाडौंका सचेत जनताले एमालेलाई भोट हाल्छन् : अध्यक्ष ओली

सारांश

  • ८२ वर्षदेखि सचेत रहेका काठमाडौंबासीले एमालेलाई नै भोट हाल्ने एमाले अध्यक्ष के.
  • पी ओलीले दाबी गरेका छन ।
  • बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरूलाई शुभकामना दिँदै अध्यक्ष ओलीले लोकतन्त्र बलीयो बनाउन, देशमा समृद्धि र सुशाशन कायम गर्न एमालेलाई भोट हाल्न आवश्यक रहेको बताए ।

८२ वर्षदेखि सचेत रहेका काठमाडौंबासीले एमालेलाई नै भोट हाल्ने एमाले अध्यक्ष के.पी ओलीले दाबी गरेका छन । बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरूलाई शुभकामना दिँदै अध्यक्ष ओलीले लोकतन्त्र बलीयो बनाउन, देशमा समृद्धि र सुशाशन कायम गर्न एमालेलाई भोट हाल्न आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले पाँचदलीय गठबन्धन देशको लागि कष्ट भएको पनि बताए । काग्रेसको धोषणापत्र कुनै राजनितिक दस्तावेज नभई पुरानो सरकारलाई गरेको गाली मात्र रहेको बताए ।

साथै, गठबन्धन सरकारबाहेक अन्य उम्मेद्वार भने देश बनाउन नै आएको उनको भनाई थियो । उनले गठबन्धनलाई लुतोको संज्ञा दिँदै वैशाख ३० गते लुतोलाई भगाउन आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?