पहिरामा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ८, २०७७
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • पहिरामा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ ।
  • आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
  • प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् ।

पहिरामा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । अहिलेसम्म तीन महिला र दुई पुरुषको शव निकालिएको छ । अन्य चार जना अझै बेपत्ता छन् ।

एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गह्रौं प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा पठाइएको अस्पतालले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्दार कार्यलाई जारी राखेका छन् । माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयलाई एक करोड ३३ लाख सहयोग
विद्यालयलाई एक करोड ३३ लाख सहयोग
सुदूरपश्चिममा आवागमन रोक्न सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन
सुदूरपश्चिममा आवागमन रोक्न सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन
डोनल्ड ट्रम्पले अमेरीकालाइ नै यसरी चकित पारे
डोनल्ड ट्रम्पले अमेरीकालाइ नै यसरी चकित पारे
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, एक अर्ब ९३ करोडभन्दा बढीकाे काराेबार
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, एक अर्ब ९३ करोडभन्दा बढीकाे काराेबार
चुनावले बढायो सुरक्षा चुनौतीः उम्मेदवारलाई अंगरक्षक, उत्तरी गोरखामा हेलिकोप्टर गस्ती
चुनावले बढायो सुरक्षा चुनौतीः उम्मेदवारलाई अंगरक्षक, उत्तरी गोरखामा हेलिकोप्टर गस्ती
१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा
१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा
रवि लामिछानेको सिधा कुरा जनतासँगको टिममा खटपट !
रवि लामिछानेको सिधा कुरा जनतासँगको टिममा खटपट !
प्रहरी हिरासतमा किन डराए ‘गोरे’! मानवअधिकारवादीको निगरानीमा रहन माग
प्रहरी हिरासतमा किन डराए ‘गोरे’! मानवअधिकारवादीको निगरानीमा रहन माग
नख्खु बमकाण्ड : विप्लवका पूर्व अंगरक्षक पक्राउ
नख्खु बमकाण्ड : विप्लवका पूर्व अंगरक्षक पक्राउ
बंगलादेशसँग पराजित हुँदै एशिया कपबाट बाहिरियो नेपाल
बंगलादेशसँग पराजित हुँदै एशिया कपबाट बाहिरियो नेपाल

तपाईंले छुटाउनुभयो कि?